कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ स्थित सिमरी खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
आइतबार करिब साढे बाह्र बजेतिर माछा मार्न गएका बेला सिमरी खोलामा डुबेर सोही ठाउँकी १६ वर्षीय किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पुर्नवास नगरपालिका वडा नम्बर ५ सिमरीका बलराम रानाकी छोरी १६ वर्षीय प्रेमवती राना रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनु भयाे । शव पाेष्टमार्टमका लागि बेलाैरीकाे श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकाे प्रहरीले जनाएकाे छ । मृतक प्रेमवती गाैरी शँकर माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिईन ।