October 2, 24
27.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

थारु बस्तीमा सख्या नाचको रौनक शुरु

मा प्रकाशित

जुद्ध चौधरी ।
कञ्चनपुर, असोज १३ ।   पश्चिम तराईका थारु समुदायले यसलाई बिशेष महत्वका साथ मनाउने गर्छन । अहिले थारु गाउँबस्तीमा सख्या नाचको रौनकता छाएको छ ।                                                                                             भगवान श्रीकृष्णको जीवन लिलामा आधारित गीत गाउदै नाच्ने गरीन्छ । परापुर्वकाल देखी नै थारु समुदायले सख्या नाच नाच्दै आएको पुर्खाहरु बताउछन । अहिले दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका थारु बस्तीहरुमा सख्या नाच नाचिरहेका छन दशै आउनु भन्दा केहि दिन अगाडी बाट नै सख्या नाच नाच्न शुरु गरिन्छ । 
                 गाउँको गुरुवा अर्थात केशौकाले देवताको पूजापाठ गरी मादल बजाएर सख्या नाच नाच्न अनुमति दिएपछि मात्र यो नाच नाच्ने गर्दछन । खासगरी थारु समुदायले मनाउने अटवारी पर्व सकिए पछी यो नाच नाच्न शुरु गरीन्छ । सख्या नाचमा बजाईने मादलको धुनले गाउमा रौनकता छाउनुका साथै भुतप्रेत तथा रोगब्याधी हट्ने विश्वास रहि आएको छ । साथी सँगी जमघट भएर समहूमा नाचिने हुनाले सख्या नाचलाई दिनभरीको थकान मेटाउनुका साथै दुख सुखका कुरा साटासाट गर्ने माध्यमको रुपमा पनि लिने गरीन्छ । केटाहरुले बिभिन्न तालमा मादल बजाउने र केटीहरुले मादलको तालमा सूर मिलाएर नाच्ने गर्छन । यो नाच नाच्नका लागि मादल बजाउने र नाच्ने अगुवा पनि चुनिन्छन ।
                  गाउँको भलमनसाको घरमा भेला भएर राती सख्या नाच नाच्ने गरीन्छ । सख्या नाच कोजाग्रत पूर्णिमा सम्म नाच्ने गरीन्छ । थारु गुरुवाले देवताको पूजापाठ गरी विधिवत रुपमा सख्या नाचको समापन गरेपछि सख्या नाचको अन्त्य हुन्छ । यो नाच थारु समुदायको मौलिक सँस्कृती सँग मात्र सम्बन्धति छैन । यसको धार्मिक महत्व पनि रहेको समाजसेवी राम बहादुर गुरूङ्ग बताउनु हुन्छ ।  ।
            तर वर्तमान समयमा थारु समुदाय बाट सख्या नाच लोप हुँदै गईरहेको छ । पहिला करीब एक महिना नाचिने नाच एक दुई हप्तामा मात्र सिमित भईरहेको छ । सख्या नाच प्रति नयाँ पुस्ताले चासो देखाएको पाईदैन । दशैँमा नाचिने सख्या नाचको मौलिकता र सँस्कृती बाचाई राख्न के गर्न आवश्यक छ, यस बारे खगीश्वरी चौधरी सँस्कृती जाेगाई राख्न नयाँ पुस्तामा हस्तान्तरण गर्न अावश्यक छ भन्नु हुन्छ । हाम्रो सँस्कृती हाम्रो पहिचान सँग जोडिएको हुनाले यसको सँरक्षण तथा प्रबर्धन गर्नु हामी सबैको दायित्व पनी हो ।
Seen by Shanti Chaudhary at 12:14 PM
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु