April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडी गाउँपालिकाद्वारा बजार अनुगमन,अखाद्य बस्तु नष्ट

मा प्रकाशित

बेलडाँडी (कञ्चनपुर) । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले बिहीबार बजार अनुगमन गरेको छ ।उपाध्यक्ष शान्ति नाथको संयोजकत्वमा गठन भएको बजार अनुगमन समितिले  बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बजारका केही पसलमा गुणस्तरहीन बस्तु भेटिएकाले नष्ट गरिएको उपाध्यक्ष  नाथले बताइन्।

‘हामीले पहिलो पटक आज अनुगमन गरेका छौँ, उपाध्यक्ष नाथले भनिन्,‘अनुगमनको क्रममा विभिन्न व्यापारीहरूले स्थानीय सरकारमा समेत व्यापार दर्ता नगरेर सञ्चालनमा आएका भेटिएका छन्, यस्तै भारतबाट अवैध तरिकाले ल्याएका माछाहरू गन्ध आएको अवस्थामा भेटिएकाले तुरुन्त नष्ट गर्न लगाएको र पहिलो चरणमा चेतावनी दिँदै हिँडेका छौँ ।’

आगामी दिनमा जुनसुकै वेला पनि अनुगमन गर्न सकिने भन्दै कसैलाई  गलत नगर्न उनले आग्रह गरिन्  । बेलडाँडीका जनताको जनस्वास्थ्यलाई ध्यान दिँदै अनुगमन गरेका र  कसै व्यापारीले नियम अनुसार व्यापार गरेको आगामी दिनमा नभेटिए त्यस्तालाई कडा कारबाही गरिने उनको भनाई छ । अनुगमनमा  जनप्रतिनिधि, प्रहरीको समेत उपस्थिति रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु