April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

किसान नेता सुवेदी द्वारा एमाले परित्यागको घोषणा

मा प्रकाशित

पुनर्वास ।
कञ्चनपुरका पुराना तथा किसानका एमाले नेता खेम सुवेदीले पार्टीबाट राजिनामा दिएकाे घाेषणा गरेका छ्न ।
उनले हस्तलिखित विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्दै  जानकारी दिएका हुन ।                              उनले आजैका मितिदेखी आफू स्वतन्त्र भएर बस्ने समेत जानकारी गराएका छन । जुन पार्टीलाई उकास्नको लागि जीवनको सम्पूर्ण समय खर्च गरीयो, आज त्यही पार्टीमा आफ्नो भविष्य नदेखिएकाले आफूले स्वतन्त्र भएर बस्न चाहेको नेता सुवेदीले बताए ।
आफू २०५१ सालदेखि लगातार २०७९ सालसम्म टिकटका लागि सिफारिसमा परेपनी आफ्नो नाम अन्तिम चरणमा हटने गरेको बताए ।
टिकटकै कारण राजनीति गरेको भए २०५१ सालमा टिकट नपाएपछि नै पार्टी छोडथे तर हालसम्म पार्टीका लागि आफूले निरन्तर काम गरीरहेको नेता सुवेदीको भनाई थियोे ।
स्वतन्त्र रुपमा रहने तर स्वतन्त्र उम्मेदवार भएर उठने कि नउठने भन्ने बारेमा अहिलेसम्म निर्णय नगरेको र सहकर्मी साथीहरूसंग बसेर छ्लफल गरेपछि मात्र यसबारेमा निर्णय गरीने उनले बताए ।
कञ्चनपुर निर्वाचन क्षेत्रनम्बर १ नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उनको नाम सिफारिसमा परेपनि अन्तमा तारालामा तामाङलाई पार्टीले उम्मेदवार बनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु