April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

‘बेलडाँडी शिक्षा रत्न पुरस्कर’ को स्थापना

मा प्रकाशित

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडीमा ‘बेलडाँडी शिक्षा रत्न पुरस्कार’ को स्थापना गरिएको छ । समाजसेवाको भावनाको उच्च सम्मान स्वरूप राधिका देवी जोशीको अभिभावकत्वमा ‘बेलडाँडी शिक्षा रत्न पुरस्कार’ को स्थापना गरिएको हो ।

सामाजिक कार्यहरूलाई थप संस्थागत, व्यवस्थित र गतिशील गर्ने उद्देश्यले परोपकार संस्थाको परिकल्पना गरेका गरेको हो । राधिका देवी परोपकार संस्था नामक उक्त संस्थाले महिला अधिकार र सामाजिक न्यायको पक्षमा वकालत गर्नुका साथै बेलडाँडीको हितलाई केन्द्रमा राखेर विभिन्न रचनात्मक गतिविधिहरू गर्नेछ ।

उक्त कार्यको शुभारम्भ स्वरूप निरन्तर शिक्षाको गुणस्तर ह्रासको गम्भीर समस्यालाई विद्यार्थी प्रोत्साहनको रचनात्मक तरिकाबाट समाधान गर्न सकिने कुराको दृढ़ विश्वासका साथ ‘बेलडाँडी शिक्षा रत्न पुरस्कार’ का स्थापना गरिएको हो ।

उक्त पुरस्कार बेलडाँडी गाउँपालिका भित्रका स्थानीय तह स्तरीय परीक्षा (कक्षा ८ वार्षिक परीक्षा ) मा प्रथम हुने विद्यार्थीले सम्मान सहित सप्रमाण पुरस्कार राशि आठ हजार प्राप्त गर्नेछन् । उक्त पुरस्कार प्रत्येक वर्ष सरस्वती पूजाको दिन विशेष सम्मान समारोहको आयोजना गरि वितरण गरिनेछ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु