कञ्चनपुर
नेपाली कांग्रेस कञ्चनपुरले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताकार्यकर्तालाई कारबाही गरेको छ।
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका, तिनका सर्मथक र प्रस्तावकलाई कारबाही गरेको हो।
कांग्रेस कञ्चनपुरले सोमबार एक विज्ञप्ति जारी गर्दै २६ असोजको निर्णयअनुसार पार्टीका आधिकारिक उम्मेदवार र कांग्रेसले सर्मथन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार, सर्मथक र प्रस्तावकलाई नेपाली कांग्रेसको विधानको परिच्छेद ९ को धारा ३४ को १ (घ) बमोजिम साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।
जिल्ला अनुशासन समितिका संयोजक नाफुसिंह साउदद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा १५ जना नेता-कार्यकर्तालाई साधारण सदस्य नरहनेदेखि पार्टीबाट निष्कासित गरिएको हो।
कस कसलाई गर्यो काँग्रेसले कारवाही हेर्नुस बिज्ञप्ती :