April 26, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रति कञ्चनपुर १ मा मतदाताको आकर्षण बढ्दै

मा प्रकाशित

 

कञ्चनपुर ,
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिए संगै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रति कञ्चनपुर १ मा मतदाताहरुको आकर्षण बढिरहेको छ ।

अग्रगामी शक्तिहरु बिच निर्माण गरिएको लोकतान्त्रिक बाम गठबन्धनले कञ्चनपुर १ मा मतदाताका घरघरमा आफ्नो पहुँच बढाइरहेको छ ।

लोकतन्त्र , संविधान रक्षा , स्थायित्व र दिगो बिकासको मुल एजेन्डाका साथ गठबन्धनका उम्मेदवारहरु मतदाता बिच पुगिरहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ को बेलौरी नगरपालिकाका ३,४ र ६ नम्बर वडामा गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदकि साझा उम्मेदवार बिना मगर र प्रदेश सभा सदस्य पदका साझा उम्मेदवार दिवानसिंह बिष्टले घरदैलो र सभाको आयोजन गर्दै लोकतान्त्रिक गणतन्त्र , संविधानको रक्षा र कञ्चनपुरको दिगो बिकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन अपिल गरेका हुन ।

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु प्रति क्षेत्रका जनताहरुको सद्भाव र समर्थन उत्साहजनक देखिएको नेपाली काँग्रेस कञ्चनपुर १ का क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले बताए ।

यसैगरी लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार रहेका प्रदेशसभा सदस्य पदका प्रत्यक्ष तर्फका उम्मेदवार बन्धुराना , समानुपातिक उम्मेदवार चमेली तामाङ र फुलन राना सहितको टोलिले प्रदेशसभा १ को पुनर्वास नगरपालिका ९ र ८ मा घरदैलो र टोलसभा गरेका हुन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु