April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

आरक्षपीडितको पुर्नस्थापना गछौँ : पुर्वमन्त्री बिना मगर

मा प्रकाशित

कञ्चनपुर । पुर्वमन्त्री बिना मगरले कञ्चनपुरका आरक्षपीडितको समस्या यसै पटक समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । बुधबार लालझाडी गाँउपालिका ६ चाँन्देवमा आयोजित चुनावी कोण सभा सम्बोधन गर्दै आरक्षपीडितको समस्या यसै पटक समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको हो ।

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ की प्रतिनिधी सभा सदस्यकी उम्मेदवा मगरले अब अर्को पटकको निर्वाचनमा आफुहरु सहित कुनैपनि दलको चुनावी एजेण्डा नबन्न दिनेगरी पीडितको पुर्नस्थापना गर्ने घोषणा गरेकी छिन । ‘अघिल्लो पटक बाम गठबन्धन नेतृत्वमा हुँदा राजनीतिक उतार चढावका कारण पीडितको समस्या समाधानका लागि गृहकार्य अघि बढाएपनि दुई दुई पटक संसद विघटनले संविधान जोगाउनमै समय बित्यो, ‘पुर्वमन्त्री मगरले भनिन, ‘अब चुनाव जिते लगत्तै बाम लोकतान्त्रिक गठबन्धनले पीडितको समस्या यथाशिघ्र प्राथमिकतामा साथ अघि बढाउँछ ।’

पुर्वमन्त्री मगरले आरक्षपीडितको पुर्नस्थापनाका साथै दोदा नदी नियन्त्रण गर्दै लालझाडी, पुनर्वास, बेलौरीको कृषियोग्य भूमि सरक्षण गर्ने बताईन । ‘अहिले पनि दोदा नदी नियन्त्रणको काम अघि बढेको छ, ‘पुर्वमन्त्री मगरले भनिन, ‘अझै थप प्रभावकारी ढङगबाट कामकाज अघि बढाउँछौँ ।’ कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(क)का उम्मेदवार बन्धु रानाले चुनाव जितेर जनताकै हितका काम गर्ने प्रण गरेका छन ।

‘हामी बाम लोकतान्त्रिक गठबन्धनले चुनाव जितेर गएपछि यस क्षेत्रका सबै साझा समस्या सम्बोधन गछौँ, ‘रानाले भने, ‘विकास तिनै सरकार मिलेर गछौँ ।’ कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका नेता एव लालझाडी गाँउपालिका निर्वतमान प्रमुख मदनसेन बडायतकले आफ्नो नेतृत्वको स्थानीय सरकारले लालझाडीको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजना अघि बढाएको बताउदै पालिकामा बाम लोकतान्त्रिक गठबन्धनको सरकार नभएपनि प्रदेश र संघबाट थुप्रै कामकाज अघि बढाउने बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु