April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुदूरपश्चिमको सरकारमा माओवादीको नेतृत्व ५ वर्ष देखि छ क्षेत्रमा बिकासका योजना मैले ल्याए भनेर अरुले हल्ला फैलाउन भ्रम हो : पुर्व मन्त्री मगर

मा प्रकाशित

 

दीपेन्द्र बस्नेत
माओवादी केन्द्रको नेतृत्वमा सुदूरपश्चिमको प्रदेश सरकार हुने तर बिकास निर्माणका योजना अरुले मैले ल्याए भनेर जनतामा भ्रम छर्नु गलत भएको नेपाल सरकारकी पुर्व मन्त्री तथा कञ्चनपुर १ बाट लोकतान्त्रिक बाम गठबन्धनकी प्रतिनिधिसभा सदस्य बिना मगरले बताइन ।

बिहीबार पुनर्वासको परासन गाउँमा आयोजित चुनावी अभियान घरदैलोका क्रममा माओवादी केन्द्रकी नेतृ बिना मगरले भनिन् – मेरो आग्रहमा प्रदेशका मुख्यमन्त्ले रीकञ्चनपुर १ मा अवलोकन गराइ यहाँका सडक , पुल पुलेसाहरुमा बजेट हालिएको हो । तर अहिले केहिले मैले यो बिकास निर्माणका काम गरेँ भनेर जनतामा भ्रम छरिएको छ । उनले भनिन् -अहिले मैले योजना ल्याए भनेर जनतामा भ्रम फैलाउनु झुट हो ।

सुदूरपश्चिममा माओवादी , समाजवादी र नेपाली काँग्रेसले सरकार चलाउने एमालेका ब्यक्तिले बजेट ल्याए भन्नू कसरी सम्भव छ ?
कञ्चनपुर १ मा लोकतान्त्रिक बाम गठबन्धन बाट प्रतिनिधिसभा सदस्य पद कि साझा उम्मेदवार रहेकी माओवादी नेतृ बिना मगरले भनिन् राष्ट्रियता , अग्रगमन र समृद्ध नेपाल निर्माणको पक्षमा गठबन्धन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेतृ मगरले भनिन् -राजनैतिक स्थायित्व जबसम्म हुन्न तबसम्म बिकास सम्भव नहुने भएकाले अग्रगामी राजनैतिक शक्तिहरु बिच गठबन्धन गरिएको हो । निर्वाचनमा अग्रगामी शक्तिहरु बिजयी नभए बिकास सम्भव नहुने उनले बताइन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु