May 17, 25
26.3 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको पुनर्वासमा अखिलको गढ भत्काउदै पहिलोपटक नेविसंघ बिजयी

मा प्रकाशित

कञ्चनपुर,
कञ्चनपुरको पुनर्वास स्थित जनता क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा नेविसंघका सभापति विकास खड्का सहितको प्यानल निर्वाचित भएको छ ।

बहुदलीय प्रजातन्त्र स्थापना काल देखिनै कम्युनिस्ट गढका रुपमा रहेको पुनर्वासमा पहिलो पटक बाम विद्यार्थीहरुको गढ भत्काएर नेविसंघले झण्डा गाढेको छ ।
मतगणना सम्पन्न भएसँगै विजयी उम्मेदवारहरूको घोषणा गरिएको हो । कुल सदर मत ११९ मा नेविसंघ सभापति पदका उम्मेदवार विकास खड्काले ४५ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका प्रविन भुलले ४० मत र अखिल क्रान्तिकारीका मनोज साउद ३२ मत पाएका थिए ।
सचिवमा नेविसंघका एकिन्द्र सिंह ठकुरी ५० मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियु का अपिल नेपालीले ३७ मत ल्याएका छन् । अखिल क्रान्तिकारीका सचिव पदका उम्मेदवार शुनिल लुहारले २९ मत पाएका छन् ।
त्यस्तै कोषाध्यक्षमा नेविसंघ कि जानकी कुमारी पाध्याले ५३ मत ल्याएर बिजयी भएकी छिन । कोषाध्यक्ष मा अनेरास्ववियु कि अस्मिता कुमारी थापाले ५१ मत पाएकी छिन ।
त्यसै गरि सदस्यहरुमा नेविसंघका सरिता ऐडी ५२ , पुजाबिष्ट ५१ र करुणा लुहागनले ५० मत ल्याएर बिजयी भएका छन ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।
पुनर्वासमा रहेको जनता क्यामपसमा नेविसंघको प्यानललाई निर्वाचनमा जिताउन नेपाली काँग्रेस कञ्चनपुरले जिल्ला सदस्य यज्ञ खड्कालाई प्रतिनिधि खटाएको थियो ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु