April 24, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरका नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई प्रमाण पत्र हस्तान्तरण

मा प्रकाशित

महेन्द्रनगर । मंसिर ४ गते सम्पन्न प्रतिनधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित कञ्चनपुरका सबै उम्मेदवारहरुलाई सोमवार प्रमाणपत्र वितरण गरिएको छ ।
निर्वाचन आयाेगकाे कार्यालय कञ्चनपुरले नवनिर्वाचित उमेद्वारलाई प्रमाण पत्र हस्तान्तरण गरेकाे हाे । प्रतिनिधी सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्वर १ बाट नेकपा एमालेबाट तारालामा तामाङले, निर्वाचन क्षेत्र नम्वर २ बाट नेपाली काँग्रेसका नारायणप्रकाश साउँद र निर्वाचन क्षेत्र नम्वर ३ बाट नेपाली काँग्रेसका रमेश लेखक निर्वाचित भएका छन । यसै गरी प्रदेश सभा सदस्य तर्फ १ को १ बाट नेकपा एमालेका बिर बहादुर थापा, निर्वाचन क्षेत्र नम्वर १ को २ बाट नेपाली काँग्रेसका दिवान सिंह विष्ट निर्वाचित भएका थिए । निर्वाचन क्षेत्र नम्वर २ को १ बाट नेकपा माववादी केन्द्रका ओमबिक्रम भाट, निर्वाचन क्षेत्र नम्वर २ को २ बाट नेपाली काँग्रेसका बहादुरसिंह थापा विजयी भएका थिए ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्वर ३ को १ बाट नेकपा एकिकृत समाजवादीका प्रकाश रावल, निर्वाचन क्षेत्र नम्वर ३ को २ बाट नेपाली काँग्रेसका बेलबहादुर राना मगर विजयी भएका थिए । भीमदत्त नगरपालिकाको सभा हलमा विजयी भएका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु