January 19, 25
21.6 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको पुनर्वासमा आज साईकल यात्रा हुँदै

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा आज पर्यटन प्रर्वद्धन,स्वास्थ्य र वातावरणका लागि साईकल यात्रा हुने भएको छ ।

“हाम्रो सान, पुनर्वासको पर्यटन प्रर्वद्धनमा हाम्रो अभियान“ भन्ने मूल नारा सहित पुनर्वास युवा समूहको आयोजनामा हुन लागेको सो कार्यक्रम आज (शनिवार) बिहान ९ बजे पुनर्वास नगरपालिका–३, आईं.बी.आर.डी. स्थित बाल उद्यानबाट साईकल यात्रा सुरु गरिने युवा अभियन्ता रुपेश बि।क।ले जानकारी दिए ।

सुरु गरिएको साईकल यात्रा पुनर्वास नगरपालिका–९ को बिचफाँटामा अवस्थित प्याराताल सम्म पुगेर सम्पन्न गरिने आयोजक सदस्य प्रकाश गैरेले बताए ।

प्रख्यात साईकल यात्री तथा रक्तदाता भरतविक्रम शाहको प्रमुख आतिथ्यता रहने उक्त साईकल यात्रामा जोडीएर पुनर्वास क्षेत्रको पर्यटन र वातावरण क्षेत्रमा सहयोग पु¥याईदिन आयोजकका तर्फबाट सन्तोष अवस्थीले सबैलाई अनुरोध गरेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु