April 26, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा सशस्त्र प्रहरीद्वारा पौने ८ लाख राजस्व संकलन

मा प्रकाशित

नागरिक आवाज
कञ्चनपुर , साउन २२
कञ्चनपुरको दक्षिणी भेगमा स्थापित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट पुनर्वासले एक वर्षमा झन्डै पौने ८ लाख राजस्व संकलन गरेको छ ।
सशस्त्र प्रहरीको बिओपी पुनर्वासले एक वर्षमा ७ लाख ७६ हजार २१० राजस्व संकलन गरेको हो ।
कोरोनाका कारण जारी लक डाउनको बेलामा सीमापारीका भारतीय बजारहरुबाट अबैध चोरीपैठारीका मालसामान बरामद गरेपछी उक्त राजश्व संकलन भएको हो । चोरीपैठारी गरि नेपाली बजारमा ल्याइदै गरेका कपडा, हार्डवेयरका सामान , मोटरसाइकलका अबैध पार्ट , चीनी , मैदा, सुर्तीजन्य पदार्थ , पेय पदार्थ र रासायनिक मल लगायतका मालसामान बरामद गरे पछि ७ लाख ३४ हजार २१० रुपैया बराबर राजश्व संकलन भएको सशस्त्र प्रहरी बल बिओपि पुनर्वासका सशस्त्र प्रहरी निरीक्षक निमबहादुर भण्डारीले बताए ।
यस वर्षको बैशाख देखि साउन २१ गते सम्म ४२ हजार राजस्व संकलन गरिएको र दुई मोटरसाइकल सहित नाइट्रोभेट , स्पामोबक र कालो चरेस बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु