September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मेरो क्षेत्रका धेरै योजना प्रदेश सरकारले समावेश गर्न सकेन : थापा

मा प्रकाशित

पुनर्वास । कञ्चनपुरको क्षेत्र नम्बर १ को ‘क’ बाट नेकपा एमालेबाट निर्वाचित भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापाले आफ्नो क्षेत्रका धेरै योजनाहरू प्रदेश सरकारले समावेश गर्न नसकेको बताएका छन् ।

सोमबार पुनर्वासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रदेश सरकारले आफ्ना क्षेत्रका धेरै योजनाहरू कटौती गरेको बताए ।‘यतिखेर आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिपक्ष दलको अनुपस्थितिमा पारित भइसकेको छ,’ प्रदेश सभा सदस्य थापाले भने,‘यो बजेटमा मेरो क्षेत्रका धेरै योजनाहरू प्रदेश सरकारले समावेश गर्न सकेन । म प्रतिपक्ष दलको भएका कारणले पनि होला,भने जस्तो काम गर्न मिल्ने कुरै भएन । त्यस कारण पनि मैले सदनमा नै बजेटका बारेमा धेरै कुरा राखी पनि सकेको छु ।’

उनले वर्तमान सरकारले ल्याएको बजेटले यस क्षेत्रको समग्र विकास हुन नसक्ने बताउँदै यस पटक सरकारसँग निरन्तरको पहलमा केही पुराना क्रमागत योजनाहरू यस क्षेत्रमा पार्न सफल भएको र नपरेका थुप्रै योजनाका लागि निरन्तर आवाज उठाई रहने बताए । उनले प्रदेश सरकारले ल्याएको बजेट मन्त्रीमुखी भएको समेत आरोप लगाए । ‘यो बजेट समानुपातिक र समावेशी तवरले आएको छैन् । मन्त्री निकटका जिल्लामा बजेट खन्याइएको छ । अन्यमा हेर्नस् सम्बोधन नै गरिएको छैन्,’ उनले भने ।

सरकारले सत्तापक्षकै सांसदहरूले यो बजेटलाई पास गराउँदैनन् की भनेर हतार हतार सांसदको निर्वाचन विकास कोषमा रहेको ३ करोडलाई ५ करोड पु¥याउने आश्वासन पछि सत्तापक्षकै सांसदहरू बजेटको पक्षमा सहमत भएको बताए । यद्यपि सरकारले दिएको त्यो आश्वासन, आश्वासन मै सीमित रहने उनको भनाई थियो । पेश भएको बजेटमा सांसदको निर्वाचन विकास कोषमा पहिलेकै ३ करोड छुट्टाउने भनेर उल्लेख भएकाले अब त्यो सरकारको आश्वासन पुरा नहुने बताए । पहिलेकै ३ करोड पनि आफूहरूलाई दिनुहुँदैन भन्ने पक्षमा रहेको उनको जिकिर छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु