April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासका बाढी पिडितलाई भाेकमरी हुने चिन्ता, राहत भन्दा सुरक्षित बासस्थान हुनु पर्ने माग

मा प्रकाशित

जुद्ध चाैधरी,
कञ्चनपुर, भदाै १६ । अबिरल बर्षा पछि कञ्चनपुरकाे दोदा नदीमा आएको बाढी घरमा पसेर डुबानमा परेका पुनर्वासका पिडित हरुलाई भाेकमरी हुने चिन्ता भएकाे छ ।
गत भदौ ११ गते आएको बाढीले खाद्यान्य बगाएको र घरमा अहिले सम्म हिलो जमेका कारण बस्न सकिने अबस्था नरहेको पिडित हरुले बताएका छन । स्थानिय दोदा नदीको तटीए क्षेत्रमा बसोबास गरीरहेका कञ्चनपुरको पुनर्वास नगरपालिका वार्ड नं. ५ सिमरीमा मात्र ६० घर डुबानमा परेका थिए । त्यसैगरी पुनर्वासकै वार्ड नं. २ ईटा भट्टीलाईनमा १८ घर डुबानमा परेका थिए । बाढीका कारण आफुहरुको घर भत्किएकाले बस्न निकै समस्या भएको  पिडित हरु बताउछन ।

राहत भन्दा पनि सरकारले आफुहरुलाई उचाई भएको क्षेत्रमा आधा कठ्ठा भए पनि घरबासका लागि जमिन उपलब्ध गराउनु पर्ने बताउछिन एक बाढी पिडित खोया राना बताउछिन ।
अहिले त्यस बाढी प्रभावित क्षेत्रमा बिभिन्न सँघ सँस्थाहरुले पिडितहरुलाई स्वास्थ्य सामाग्री लगायतका राहत बितरण गरेता पनि आफुहरुको पुनर्स्थापनाका लागि कसैले पहल नगरेको उनीहरु बताउछन । बाढीले धानबाली समेत नोक्सान गरेका कारण आफ्नो र परीवारको पेट कसरी  पाल्ने भन्ने चिन्ता लागेको बताउछिन अर्का बाढी पिडित ठग्नी राना ।
बिन्द्रा रानाको दुखेसो पनि उस्तै छ । सुत्ने कोठा देखी लिएर आँगन सम्म हिलो छ । घर डुबानमा परेको एक साता बितिसक्दा पनि कुनै निकाय बाट पनि पुनस्र्थापनाका लागि  सहयोग नपाएको बिन्द्रा राना बताउछिन ।

अबिरल बर्षाले कञ्चनपुरकाे बेलाैरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाका १८० घर धुरी डुबानमा परेका थिए । लालझाडी गाउँपालिकामा किसानले पालन गरिरहेका बँगुर र माछा समेत बाढीले बगाएकाे थियाे ।
नेपाल प्रहरीले राति १२ बजे बाढीकाे सुचना पाएकाे र एलर्ट साइरन बजाएकाले मानिस सुरक्षित स्थानमा बसेकाले मानविय क्षति हुन नपाएकाे ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले बताउनु हुन्छ । बाढीले घर डुबान भई फसेका ब्यक्तिलाई सशस्त्र प्रहरी र नेपाल प्रहरी, नेपाल रेडक्रस साेसाईटी र स्थानिय युवाहरूले तत्काल उद्धार गरेका थिए । बाढीले मानबिय क्षति नगरेता पनि धानबालिमा नाेक्सान गरेका कारण भाेकमरी हुने चिन्ता भएकाे पिडितहरुकाे दुखेसाे रहेकाे छ ।
बाढीका कारण घर डुबानमा परेकाकाे तत्काल उद्धार गरिएकाे र तिनिहरूका लागि खाना र बस्ने ब्यवस्था मिलाईएकाे स्थानिय भिमसेन बाब विपद ब्यवस्थापन समितिका अध्यक्ष तिर्थ राज रानाले बताउनु भयाे । केहि सँघ सँस्थाहरूले पनि पिडितहरुलाई स्वास्थ्य सामाग्री लगायतका राहतका सामाग्री बितरण गरिरहेकाे पनि उहाँले बताउनु भयाे।
अप्रत्यासित रुपमा दाेँदा नदीमा अाएकाे बाढीले लालझाडी गाउँपालिकाकाे बिनाबारि, नाैरङ्गा, जाईँ बेलाैरि नगरपालिकाकाे भकुण्डा पुनर्वास नगरपालिकाकाे पचकडिया, सिमरी र राताे ताल गाउँमा पानी पसेकाे थियाे । यसअघि पनि २०६५ सालमा आएको बाढीले धनजनको ठुलो क्षती भएको थियो । त्यति बेलाका बाढीका कारण बिस्थापति भएकाहरुको १३ बर्ष बितिसक्दा पनि पुनस्र्थापना हुनसकेको छैन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु