May 21, 25
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जंगलीहात्ती मारेको आशंकामा एमाले नेता वनको नियन्त्रणमा

मा प्रकाशित

कञ्चनपुर
जंगली हात्ती मारेको आशंकामा नेकपा एमालेका एक नेतालाई वन कार्यालयले नियन्त्रणमा लिएको छ ।
जंगली हात्ती मारेको आशंकामा सत्ताको मुल बागडोर सम्हालेको एमाले लालझाडीका नेता ओम प्रकास राना पक्राउ परेका हुन ।
एमाले लालझाडीका अध्यक्ष समेत रहेका रानालाई वन कार्यालय कञ्चनपुरले पक्राउ गरेको जनाएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत करुणाकर जोशीले ओमप्रकास रानालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए । उनका अनुसार राना हिरासतमा छन । केही दिन अघि लालझाडीमा जंगली हात्ती मृत फेला परेपछि पोष्टमाष्टम प्रतिवेदनले करेन्ट लागेर हात्तीको मुत्यु भएको विषय खुलेपछि डिभिजन वन कार्यालयले कसले करेन्ट लगाएर हात्ती मारेको बारे अनुसन्धान अघि बढाएको छ । जंगली हात्ती मार्न रानाले नै विद्युतीय धराप थापेको हो कि भनेर छानबिनका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
पाटी सरकारमा भएकाले एमाले नेता कार्यकर्ताहरुले रानालाई छुटाउन दौडधुप बढाएका छन । लालझाडीमा जंगली हात्तीले मानिसमाथि आक्र्रमणदेखि भौतिक सरचना अन्नबालीमा क्षति पु¥याउँदै आएको छ । देशमा तीन तहका सरकार भएपनि लालझाडीका जनता हात्ती नियन्त्रणमा नआएपछि हैरान भएका छन ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु