नागरिक संवाददाता,
पुनर्वास, कार्तिक ०५ । सन नेपाल लाईफ ईन्साेरेन्स कम्पनि लिमिटेड धनगढी शाखाले अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम गरेकाे छ । शुक्रवार कञ्चनपुरकाे बेलाैरी र पुनर्वास नगरपालिकामा कार्यरत बिमा अभिकर्ताका लागि कार्यक्रम गरिएकाे हाे ।



कार्यक्रममा बेलाैरी र पुनर्वास नगरपालिका शाखामा अाबद्ध ४८ जना अभिकर्ताहरूकाे सहभागिता रहेकाे थियाे । उत्कृष्ट काम गरे बापत १५ जना अभिकर्तालाई सम्मान पत्रका साथै खादा अाेढाएर सम्मान गरिएकाे थियाे । कार्यक्रममा सहभागि अभिकर्तालाई सन नेपाल लाईफ ईन्साेरेन्स कम्पनिका महाप्रबन्धक कमल राज गाैतमले जीवन बिमा सम्बन्धी जानकारी गराउनु भएकाे थियाे । कार्यक्रममा बाेल्दै उहाँले अभिकर्ता पेशा सम्मानजनक पेशा भएकाले शक्ति बलियाे बनाएर काम गरे सफलता अबश्य मिल्ने बताउनु भयाे ।
कार्यक्रम न्यु पुनर्वास सम्राट रेस्टुरेण्टकाे सभाहलमा सम्पन्न भएकाे हाे । कार्यक्रमकाे संयाेजन सन नेपाल लाईफ ईन्साेरेन्स कम्पनि धनगढी शाखाका प्रबन्ध लक्ष्मीकान्त जैशीले गर्नु भएकाे थियाे ।
