April 27, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

काँग्रेस महाधिवेशन : कञ्चनपुर १ को क मा दिवान बिष्ट प्यानल बिजयी

मा प्रकाशित

नागरिक आवाज
भकुण्डा कंचनपुर , मंसिर ३
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सम्पन्न कञ्चनपुर क्षेत्र नम्बर १ को क प्रदेश कार्यसमिती पदाधिकारीहरुको निर्वाचनमा काँग्रेस नेता दिवान बिष्ट प्यानल बिजयी भएको छ ।
प्रदेश क को कार्यसमितीको लागि सम्पन्न निर्वाचनमा नेता बिष्टको प्यानलबाट सभापतिका उम्मेदवार मानबहादुर रोकाया “मानु” ले १२५ मत ल्याएर बिजयी भएका छन् । उनी संग प्रतिस्पर्धा गरेका काँग्रेस नेता रमेश लेखक प्यानलका सभापति पदका उम्मेदवार पदम देउपाले ११७ मत पाएका छन ।
उपसभापतिमा काँग्रेस नेता बिष्ट प्यानलका उम्मेदवार जगदिश राना २१० , प्रेमसिंह ठगुन्ना १२२ मत ल्याएर बिजयी भएका छन् । लेखक प्यानलका उपसभापतिका उम्मेदवार प्रकाश तामाङले ११५ मत पाएका छन् ।
सचिव पदमा नेता बिष्ट प्यानलका जयबहादुर बिष्ट १७९ र दिपक कुमार श्रेष्ठले १४६ मत ल्याएर बिजयी भएका छन् भने सचिव पदका लेखक प्यानलका उम्मेदवार लालबहादुर खड्काले १०० मत ल्याएका छन् ।
त्यस्तै सहसचिवमा नेता बिष्ट प्यानलकै उम्मेदवार केशव एसकेले १४७ , चुडामणी भट्टले १४२ मत ल्याएर बिजयी भएका छन् । प्रतिद्वन्दी लेखक समुहका उम्मेदवार भिम दमाई ८७ , लक्ष्मीसिंह भण्डारीले ५८ मत ल्याएका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु