दीपेन्द्र बस्नेत
धनगढी , मंसिर १७
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेश अधिवेशनमा इतर समुहले आफ्नो उम्मेदवारहरुको प्यानल सार्वजनिक गरेको छ ।
नेपाली काँग्रेस इतर समूह पौडेल पक्षले सभापतिमा कैलालीका नारायण मिश्र, उपसभापतिमा कञ्चनपुरका गाेपाल गुरुङ , बाजुराका मानबहादुर रावल , महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही सहितको प्यानल खडा गरेको छ ।
इतर समुहले सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्टलाई उम्मेदवार बनाएको हो ।
संस्थापन पक्षमा सभापतिका आकांक्षी धेरै भएपछि उम्मेदवार छनाेटमा सकस परेकाे छ । आज विहानैदेखि देउवा पक्षका नेताहरू पनि सहमतिका लागि आन्तरिक छलफलमा छन् । देउवा समूहले अहिलेसम्म पदाधिकारीका उम्मेदवार तय गर्न सकेकाे छैन
मा प्रकाशित