April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास ९ मा बिपन्न र जेष्ठ नागरिकलाई कम्बल

मा प्रकाशित

पुनर्वास
पछिल्ला केही दिन यता शितलहरका कारण चिसो बढ्दै गए पछि कञ्चनपुरको पुनर्वास स्थित ९ नम्बर वडा कार्यालयले बिपन्न र जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरेको छ ।
पुनर्वास ९ नम्बर वडा कार्यालयले जेष्ठ नागरिक २६४ जना र बिपन्न परिवारका १६ जना गरि जम्मा २८० जनालाई कम्बल बितरण गरिएको वडा अध्यक्ष नारायण प्रसाद जैसीले बताए ।

शुक्रवार पुनर्वास ९ को राष्ट्रिय माविको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि बिपन्न र जेष्ठ नागरिकलाई नगर प्रमुख जीवनराज थापाले कम्बल बितरण गरेका थिए ।

९ नम्बर वडाको बजेटबाट शितलहरका कारण बढेको अत्यधिक चिसोको समयमा बाँडिएको कम्बलबाट जेष्ठ नागरिक र बिपन्न परिवारलाई राहत पुगेको नगर प्रमुख जीवनराज थापाले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु