April 27, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्याराताल परिसरमा उवासंघ पुनर्वासले गोहिको प्रतिमा निर्माण गर्ने

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिका ९ मा रहेको सदावहार जलाशय प्यारातालको जैविक महत्व उजागर गर्न नागरिक स्तरबाट सुरु गरिएको अभियानलाई सफल पार्न सहयोगीहरु थपिदै गएका छन् ।

राज्य र सरकारी निकायबाट उपेक्षित बन्दै आएको जैविक विविधता भएको प्यारा तालको पहिचान झल्काउदै पर्यटन प्रबर्द्धनका लागि यतिबेला अभियान सुरु गरिएको छ ।

नागरिक स्तर्बाट सुरु अभियानलाई सघाउन उद्योग वाणिज्य संघ पुनर्वासले गोहीको प्रतिमा निर्माण गर्ने भएको छ । पुस ३ गते उवासंघले तालमा बैठकको आयोजना गरि पर्यटन प्रबर्द्धनका लागि सुरु गरिएको नागरिक अभियानलाई सघाउन उक्त निर्णय गरिएको उद्योग वाणिज्य संघ पुनर्वासले जनाएको छ ।

विश्वमै दुर्लभ रहेको जलचर प्राणी ओदको मुख्य वासस्थान रहेको ताल जैविक हिसावले महत्वपुर्ण सदावहार जलाशय रहे पनि प्रचारप्रसार , संरक्षण र भौतिक संरचना निर्माणमा कसैको ध्यान जान नसक्दा ओझेलमा परेको छ ।

ओझेलमा पारिएको पुनर्वासको मुख्य पर्यटकीय स्थल बन्ने प्यारा तालको पर्यटन प्रबर्धनका लागि स्वस्फुर्त रुपमा सुरु गरिएको नागरिक अभियानमा हाम्रो पनि एक्यवद्धता जनाउन सो अभियानका अभियन्ता साथीहरु संग छलफल गरेर जैविक पहिचानलाई स्थापित गर्दै पर्यटन बिकासमा हातेमालो गर्न तालको बगरमा हामीले गोहीको प्रतिमा निर्माण गर्ने निधो गरेको उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीले बताए ।

तालको पहिचानको स्थापनाका लागि माछाको स्तम्भ निर्माण गर्न सुरु गरिएको अभियानमा अहिलेसम्म माछाको प्रतिमा , सेल्फी स्पट , ओदको प्रतिमा र कछुवाको प्रतिमा निर्माण भइ सकेका छन । ९ नम्बर वडा कार्यालयको सहयोगमा ताल परिसरमा वाटर फाउन्टेन , निर्माण गर्ने तयारी रहेको प्यारातालको पर्यटन बिकासका लागि सुरु गरिएको नागरिक अभियानका संयोजक दीपेन्द्र बस्नेतले बताए ।

तालको पर्यटन बिकासका लागि नागरिक स्तरबाट सुरु गरिएको स्वस्फुर्त अभियान प्रति एक्यवद्धता जनाउदै हातेमालो गर्न अघि बढेकोमा उद्योग वाणिज्य संघ पुनर्वासका सम्पुर्ण पदाधिकारी हरुको निर्णय प्रती अभियानका संयोजक बस्नेतले धन्यवाद दिए ।

तालको पर्यटन बिकासका लागि सुरु गरिएको अभियानलाई नागरिक समुदायले दिएको अपार सहयोगले हाल सम्म तालको पहिचान झल्किने माछा , ओद , कछुवाको प्रतिमा तयार भइ सकेको छ । पर्यटकहरुको आकर्षणका लागि सेल्फी स्पट समेत तयार भइ मयुर , गोहि र वाटर फाउन्टेन निर्माण कार्य सुरु हुने तयारीमा रहेको प्याराताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष बस्नेतले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु