धनगढी, फागुन २२ ।
प्रहरी चौकी कालाकुण्डा कैलालीका प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याकोे प्रयास गरेका छन् ।
डिउटीका क्रममा रहेक झंकर बोहराले १२ बजे तिर आफैले बोकेको एसएलआर चिउडोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रशाद जोशीले जानकारी दिए ।
गोली लागि घाईते प्रहरी बोहराको अहिले प्रहरी अस्पताल काठमाण्डौमा उपचार भैरहको जनाएको छ । उनी अहिले बोल्न सक्ने भएको बताईएको छ । सुदुरपत्र अनलाईन बाट