April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास काँग्रेसले काट्यो पत्र जिल्लालाई : गठबन्धनको निर्णय नसच्याए बिद्रोह हुने चेतावनी

मा प्रकाशित

 

कञ्चनपुर
सुदूरपश्चिमको कञ्चनपुरमा वडा स्तर सम्म गठबन्धन गरेर निर्वाचनमा होमिने सत्तारुढ दलहरु बिचको सहमति प्रति असन्तुष्टि राख्दै पालिका तहहरु बाटै चर्को बिरोध सुरु भएको छ ।
जिल्लामा गरिन लागेको गठबन्धन नसच्चिए कठोर निर्णय लिने भन्दै नेपाली काँग्रेस पुनर्वास नगर कार्य समितिले जिल्ला कार्य समितिलाई चेतावनी दिएको छ ।
पुनर्वासमा नेपाली काँग्रेसको नेतृत्वमा निर्वाचनमा जान पाउन हक खोस्ने गरि हुने गठबन्धन स्विकार्य नहुने नगर सचिव प्रविन रावल द्वारा हस्ताक्षरित नेपाली काँग्रेस पुनर्वास नगर कार्य समितिले जिल्ला कार्य समितिलाई लेखेको पत्रमा भनिएको छ ।

पाँच वर्ष लगाएर नगरमा बनाइएको पार्टीको संगठन ध्वस्त हुने गरि बनाइने गठबन्धन नेपाली काँग्रेस पुनर्वासले स्विकार नगर्ने नगर सचिव रावलले बताए ।

बिहिवार नेपाली काँग्रेसको जिल्ला कार्य समितिलाई पत्र लेख्दै नगर कार्य समिती पुनर्वासले भनेको छ – बलजफ्ती गठबन्धनको निर्णय लाद्न खोजे पुनर्वासमा अकल्पनीय कदम चाल्न नेपाली काँग्रेस पुनर्वासका कार्यकर्ता र मतदाता बाध्य हुने चेतावनी दिइएको छ ।

गठबन्धनको बिरोधमा मंगलबार कार्यकर्ता भेलाको आयोजन गरि सशक्त बिरोध गर्ने निर्णय गरेको काँग्त्रेस पुनर्वास नगर समितिले आफ्नो संगठन बलियो हुँदाहुँदै पनि जिल्लाले जबर्जस्ती लाद्न खोजेको गठबन्धनको कडा प्रतिकार गरिने जनाइएको छ ।
यसै गरि लालझाडीमा समेत नेपाली काँग्रेसले गठबन्धनको निर्णय सच्याइनु पर्ने नसच्याए कडा बिरोध गरिने भन्दै बुधबार बिज्ञप्ती जारी गरेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु