कञ्चनपुर
स्थानीय निर्वाचनका लागि सत्तारुढ दलहरु बिच भएको गठबन्धनको सहमति मान्य नहुने भन्दै नेपाली काँग्रेस बेलौरी नगर कार्य समितिले बिज्ञप्ती जारी गरेको छ ।
बेलौरीमा पार्टीले एक्लै निर्वाचनमा गए पनि चुनाव जित्ने स्थिती रहँदा रहँदै बाम-लोकतान्त्रिक तालमेल स्विकार्य नहुने बिज्ञप्ती जारी गर्दै नेपाली काँग्रेस बेलौरी नगर कार्य समितिले जनाएको छ ।
बेलौरी नगर कार्य समितिका सचिव द्वय भुपेन्द्र बहादुर शाही र कनैया रानाले बिहिबार जारी गरेको बिज्ञप्तीमा भनिएको छ – बेलौरीमा पार्टी एक्लै निर्वाचनमा होमिएर जित्न सक्षम छ यो अबस्थामा जबर्जस्ती गठबन्धन लाद्न नलाद्न पार्टीका माथिल्ला निकायको ध्यानाकर्षण गरिएको छ ।