April 27, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गठबन्धनको बिरोधमा कञ्चनपुरको पुनर्वासमा काँग्रेस भेला

मा प्रकाशित

 

कञ्चनपुर
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गरिएको गठबन्धन प्रति असन्तुष्टि जनाउदै सत्तारुढ दल नेपाली काँग्रेसले कञ्चनपुरको पुनर्वासमा बिरोध गर्दै भेलाको आयोजना गरेको छ ।

नेपाली काँग्रेस पुनर्वास नगर कार्य समितिका सचिव प्रविन रावलले सुचना जारी गर्दै गठबन्धनको बिरोधमा भेलामा उपस्थितिका लागि आव्हान गरिएको छ । पार्टीको तल्लो निकाय संग परामर्श छलफल नगरिकनै माथिल्ला निकायले गठबन्धनको निर्णय गरेको भन्दै आपत्ति जनाइएको छ ।

केन्द्रले गरेको गठबन्धनका कारण पार्टीको संगठननै ध्वस्त हुने स्थिति देखिए पछि बिरोधमा उत्रनु परेको नेपाली काँग्रेस पुनर्वासका कार्यकर्ताहरु बताउछन् ।

पार्टीको संगठन र जनाधिकार सुदृढ र बलियो हुँदाहुँदै पनि गठबन्धनको नाममा पार्टीलाई सिध्याउने तरिकाले गरिएको गठबन्धन मान्य नहुने नेपाली काँग्रेस नगर सचिव प्रविण रावल परिले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु