April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कार्यकाल सकिए लगत्तै सवारी साधन बुझाउने पहिलो वडा अध्यक्ष अर्याल

मा प्रकाशित

 

किशोर तामाङ
पुनर्वास
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा आफ्नो कार्याकाल सकिए लगत्तै प्रयोग गर्दै आएका सवारी साधन नगरपालिकामा बुझाउने पहिलो वडाअध्यक्ष तुलसी आर्याल बनेका छन।

निर्वाचन आयोगले आसन्न २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका निम्ति मतदान केन्द्रमा निर्वाचन अधिकृत पठाए लगत्तै निर्वाचित जनप्रतिनिधिहरूले सरकारी सवारीसाधन र कार्यलय प्रयोजनका सिमकार्ड वडा कार्यालयमा बुझ बुझारत गरेका हुन ।

कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ बाट निर्वाचित जनप्रतिनिधि वडाअध्यक्ष तुलसी आर्यालले प्रयोग गर्दै आएका पुनर्वास नगरपालिकाको नाममा रहेको सरकारी नम्बर प्लेट म १ ब ४४१नम्बर भएको सवारी साधन आज २०७९ बैशाख ९ गते पुर्नवास नगरपालिका वडा नम्बर ११को कार्यलयमा लागेर वडा नम्बर ११का वडा सचिव निर्मला कुमारी जोशी लाई बुझाएको अध्यक्ष आर्यालले जानकारी दिनुभयो।

पुनर्वास नगरपालिकामा गृहमन्त्रालयका उपसचिव किरण जोशीलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकेर पठाए लगत्तै
निर्वाचन अधिकृत जोशीले कार्यालय उदघाटन गरे पश्चात् निर्वाचन आचारसंहिता पालना गर्दै आफुले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन बुझाएको आर्यालले बताए ।

भोलि शनिबार कार्यालय बन्द भएकोले आईतवार निर्वाचन आयोगको कार्यालयमा गएर वडाअध्यक्ष पदबाट पनि राजिनामा दिने वडा नम्बर ११का वडाअध्यक्ष तुलसी आर्यालले जानकारी दिनुभयो।

आर्याल २०७४ को निर्वाचनमा नेपाली काँग्रेस बाट वडाअध्यक्ष पदमा निर्वाचित वडाअध्यक्ष हुन। कार्यकाल सकिए पश्चात् पुनर्वास नगरपालिकाका वडाअध्यक्ष माध्यमबाट सवारीसाधन बुझाउने उनी पहिलो वडाअध्यक्ष हुन।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु