September 12, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मा प्रकाशित

किशोर तामाङ
कञ्चनपुर
स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय  स्थापना भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले कञ्चनपुरमा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम मुख्य निर्वाचन अधिकृतमा मदनबहादुर धामीलाई नियुक्त गरिए लगत्तै स्थानीय तहको निर्वाचनका लागि कार्लयय स्थापना गरिएको हो ।

आसन्न २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पुनर्वासको लागि मतदान केन्द्रको निर्वाचन अधिकृतमा पुनर्वास नगरपालिकामा गृहमन्त्रालयका उपसचिव किरण जोशीलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकेर पठाएको छ।

निर्वाचन अधिकृत किरण जोशीले कार्यालयको एक समारोहका बिच उदघाटन गरेका हुन । निर्वाचन अधिकृत जोशीले ब्यानर वाचन गरेर उदघाटन गरेका हुन् ।

वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ।जसमध्ये पुर्नवासमा १७ मतदानस्थल र ४० मतदान केन्द्रमा पुनर्वास नगरपालिकामा ३४ हजार ६३,जनाले मतदान गर्न पाउने भएका छन्।।

निर्वाचन अधिकृत जोशीले कार्यालय उदघाटन का क्रममा निर्वाचन आचारसंहिता पालना गर्न सबै दलहरूलाई आग्रह गर्नुभएको थियो। उनले निर्वाचनलाई धादली रहित सभ्य र भव्य रुपमा सम्पन्न गराउन सम्पुर्ण दलका उम्मेदवारहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता शिरोधार्य गर्दै अघि बढ्नुपर्ने औंल्याउनुभयो।

उक्त अवसरमा पुनर्वास नगरपालिकाका प्रमुख जीवन राज थापा, उपप्रमुख शारदा बिष्ट धामी, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, बिभिन्न्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि का साथै स्थानीय बुद्धिजीवी र पत्रकारहरूको उपस्थिति रहेको सहायक प्रशासकीय अधिकृत शङ्कर बोगटीले जनाएका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु