April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासी जनताको विकासका लागि मेरो उम्मेदवारी : शर्मा

मा प्रकाशित

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तोयप्रसाद शर्माले पुनर्वासी जनताको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेसबाट मेयर पदमा उठेका शर्माले यहाँका जनताका समस्याहरूलाई मध्यनजर गर्दै नगरपालिकामा दिगो विकासका योजनाहरूलाई अघि सार्ने  बताउँदै यस पटक आफ्नो जित सुनिश्चित रहेको बताएका हुन् ।

‘अहिले पनि पार्टीले विश्वास गरेर टिकट दिएको छ,’उनले भने,‘म यस अघि पनि  निर्वाचनमा  उठेको थिए त्यहिवेला केही मतान्तरले मात्रै म पछि परेको हुँ । यस अघिको निर्वाचनमा पनि यहाँका जनताले मलाई पत्ताएकै हुन्  । अहिले  गठबन्धन टुटेको छ । काङ्ग्रेस एक्लै चुनावमा होमिएको छ ।यहाँका जनता, नगर कमिटीका सभापति,महाधिवेशन प्रतिनिधिहरूले समर्थन गरेकाले मेरो जित सुनिच्छित छ ।’

आफूले मेयरमा जितेपछि नगरपालिकाको बजेटले मात्रै विकास गर्न नसकिने भएकाले सङ्घीय सरकारबाट पनि बजेट तान्ने बताएका हुन् । उनले पुनर्वासलाई हराभरा बनाउने समेत बताए । यहाँका थुप्रै जनता बेरोजगारीका कारण भारत लगायतका विभिन्न देशमा गइरहेकोले उनीहरूलाई नगरपालिकामै स्वरोजगारका कार्यक्रमहरू ल्याउने बताउँदै नगरपालिकालाई भष्ट्रचारमुक्त नगरपालिका बनाउने दाबी गरे । यहि ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुदैँछ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु