April 24, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

किसानलाई सर्बसुलभ तरिकाले मलखाद उपलब्ध गराईने नवराज शाहीकाे घेषणा

मा प्रकाशित

बेलाैरी , बैशाख २४ । नेकपा एमाले बाट बेलाैरी नगरपालिका वार्ड नं. १ मा अध्यक्षका उमेदवार नवराज शाहीले किसानलाई सर्बसुलभ तरिकाले मलखाद उपलब्ध गराईने बताएका छन ।
नवराज शाहीले समृद्ध वडा बनाउन आफ्नाे मुख्य एजेन्डा रहेकाे बताउँछन् । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सम्पूर्ण खर्चकाे ब्यवस्थापन वडाले गर्ने उनी बताउँछन् । वडा भित्रका सुबिधा सम्पन्न स्वास्थ्य संस्थाकाे स्थापना गर्ने , खेलकुद बिकाका लागि निशुल्क प्रशिक्षण तथा प्रशिक्षककाे ब्यवस्था गरिने उनी बताउँछन् । कृषी क्षेत्रमा किसानलाई प्राेत्साहन गर्न विद्युतिय सिँचाईका लागि माेटर निशुल्क प्राबिधिक तालिम तथा बिउबिजन उपलब्ध गराईने, उत्कृष्ट किसानला पुरस्कृत नवराज शाहीकाे याेजना रहेकाे छ ।
बेलाैरी नगरपालिकामा भित्र रहेकाे बन्धाताललाई पर्यटकिय गन्तब्यकाे रुपमा स्थापना गर्ने, धार्मिक क्षेत्रकाे प्रबर्धनका साथै सुरधाका लागि बजेट बिनियाेजन गरिने , डुबान क्षेत्रमा बसाेबास गर्ने स्थानीयका लागि उचित बासस्थानकाे ब्यवस्थापन गर्ने उनकाे प्रतिबद्धता रहेकाे छ । अहिले उनी मतदाताकाे मन जित्न घरदैलाे कार्यक्रमलाई सक्रिय भएर लागेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु