पुनर्वास, बैशाख २६ । नागरिक आवाज पत्रिकाका सम्पादक दीपेन्द्र कुमार बस्नेत माथि चरित्र हत्याकाे प्रयास भएकाे छ । साेमेन्द्र क्षेत्रीले आफ्नाे फेसबुक वालमा आफ्नाे चरित्र हत्या गर्ने फाेटाे सहित स्टाटस लेखेका छन ।
बिगत १९ वर्षदेखी पत्रकारितामा सकृय बस्नेत माथी यसतो कपोकल्पित निराधार आरोप लागेको पहिलोपटक हो । घटनाका दोषी माथी कारवाहीको माग राख्दै पत्रकार बस्नेतले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिमा उजुरी समेत दिएका छन । घटना बारे नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले बिज्ञप्ती जारी गरेर दोसी माथी कारवाहीको माग गरेको छ । पत्रकार महासंघले निराधार आराेप लगाउदै चरित्र हत्या गर्ने क्षेत्री माथि अनुसन्धान गरी कार्बाहिकाे माग समेत गरेकाे छ ।
मा प्रकाशित