पुनर्वास, जेष्ठ ०६ । जनयुद्धकालका बेला माओवादीकाे लाल किल्ला मानिने कञ्चनपुरकाे पुनर्वास २ मा एमाले बिजयी भएकाे छ । एमालेका उमेदवार डम्बर थापा प्रतिस्पर्धी माओवादीका मान सिँह सार्कीलाई हराउँदै वडाध्यक्षमा बिजयी भएका हुन ।
डम्बर थापाले ८२८ मत पाएका छन भने उनका प्रतिद्वन्दी माओवादी केन्द्रका उमेदवार मानसिँह सार्कीले ५६८ मत पाएका छन । काँग्रेसकि उमेदवार अनिता तामाङ्गले ५१८ मतपाएका छन भने एकिकृत समावादीका डम्बरे तामाङ्गले ४४८ मत पाएका छन । एमाले बाट सदस्य पदमा बिजयी उमेदवार मनकामना शाहीले ६९७ मत, पार्बती लुहारले ६९१ मत, ईश्वर थापाले ६९० मत पाएका छन भने नेपाली काँग्रेसका तर्फ बाट वडा सदस्यमा सुब्बा राना ६९७ मत लयाएर बिजयी भएका छन । २ नम्बर वडामा जम्मा मतदाता सँख्या ३९२३ रहेकाेमा २७५२ मत खसेकाे थियाे । यस अघि स्थानिय निर्वाचन २०७४ मा माओवादी केन्द्र बाट सन्त कुमार चाैधरीले चुनाव जितेका थिए ।
