April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सार्बजनिक बाटाेमा पुल छैन सम्धीकाे घर अगाडि कल्भर्ट

मा प्रकाशित

बेलाैरी, जेठ २६ ।
कञ्चनपुरकाे बेलाैरी नगरपालिका २ गाेकुलपुर स्थित सर्वसाधारण हिड्ने बाटोमा पर्ने स्याली नालामा पुल नबनाइ वडा अध्यक्षले सम्धिको घर जाने खोल्सामा पुल बनाएका छन् ।
सर्वसाधारण वर्षौंदेखि खोला तरेर आवतजावत गरि रहे पनि वडाध्यक्ष कलवीर चाैधरीले आफ्नो सम्धी नाता पर्ने कृष्ण चाैधरीकाे घर अगाडी खोल्सामा भने २ लाख २५ हजार लागतमा कल्भर्ट निर्माण गरि दिएका छन् ।

दिनापुर, टेढुवा, बैजुडाँगा लगायतका गाउँका स्थानिय हिड्ने सार्वजनिक बाटाेमा भने ३ फिट चाडाई भएकाे स्ल्याब मात्र राखिएकाे छ । जहाँ पैदल र दुई पाङ्ग्रे गाडीमा मात्र आवत जावत गर्न मिल्छ । चार पाङ्ग्रे गाडी जान सक्ने अवस्था छैन । अघिल्लाे पाँच बर्षकाे कार्यकालमा समेत याे नालामा पुल बनाउने स्थानिय निकायकाे ध्यान गएन । मात्र चुनाव जित्ने दराे एजेण्डा मात्र बन्याे ।

नालामा रहेकाे स्ल्याबमा हिड्दा धेरै दुर्घटना भईसकेकाले तत्काल पुल निर्माण गरिनु पर्ने स्थानियहरु बताउछन । विद्यालय जाने बालबालिकाका लागि एकदमै जाेखिम रहकाे स्थानिय लेख बहादुर थापा बताउछन । बेलाैरी नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा ढलान सहितकाे कल्भर्ट बनाउने भनी १४ लाख बजेट समेत बिनियाेजन गरेकाे थियो । तर आर्थिक बर्ष सकिन लाग्दा आधा काम पनि सम्पन्न भएकाे छैन ।

बेलाैरी नगरपालिका २ का वडाध्यक्ष कलबीर चाैधरी भने सम्पुर्ण वडाबासी आफ्नाे आफन्त भएकाे बताउदै जहाँ आवश्यक्ता पर्छ त्यहाँ बजेट छुट्याईने गरेका बताउछन । कलबीर चाैधरी नेकपा एमाले बाट दाेश्राे पटक वडाध्यक्षमा निर्वाचित भएका हुन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु