April 27, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

आफ्नो खुट्टामा उभिन सके महिला हिंसा अन्त्य हुनेमा विश्वास

मा प्रकाशित

धनगढी : पछिल्लो समयमा बढिरहेको महिला तथा सीमान्तकृत  महिलाहरू माथि भई रहेको हिंसा सम्बन्धी एक दिने  छलफल कार्यक्रम  धनगढीमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी  यज्ञराज जोशीले भने जब सम्म हाम्रो आनीबानी र मानसिक चिन्तन सुधार आउँदैन तब सम्म महिला हिंसा , नरोक्ने बताउँदै भने आफूले पदीय दायित्व अनुसार सधैँ महिलाहरूको सवालमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै इन्सेक का  सुदूरपश्चिम प्रदेश प्रमुख खडक राज जोशीले हिंसा हुने जातको आधारमा होकि लिङ्गका आधारमा सीमान्तकृत वर्ग मात्र होइन सबै वर्गका महिला पुरुषलाई हिंसा भयको छ , त्यसका लागि सबैले आफ्नो आफ्नो ठाउँमा रहेर कार्य गर्न सकियो मानव मस्तिष्कलाई सुर्धान सक्यो भने हिंसा रोकिने बताए मानवअधिकार पनि हनन नहुनेमा जोड दिए ।

कार्यक्रममा बोल्दै फाया नेपालका शेर बहादुर बस्नेत हामीले मान्ने सांस्कृतिक संस्कार , रीतिरिवाज ,मूल्य र मान्यताले पनि महिला हिंसा तथा घरेलु हिंसा बढेको छ ।हामी आफैले सोच बदल्न नसकेर हिंसा भई रहेको हिंसामा परेकाहरू ले सजिलो सङ न्याय नपाएका कारण पनि घटना बढेका हुन।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसन कैलालीका अध्यक्ष शिद्वराज ओझाले भने  अहिले पछिल्लो समयमा प्रहरीले अनुसन्धान गर्दै गर्दा , अदालत सम्म मुद्दा पुग्न नपाउँदै जुन सडक बाट मुद्दा फैसला का लागि आन्दोलन गरिन्छ , विभिन्न कार्यक्रम गरि दबाब सिर्जना बाट फैसला हुँदा बढी घटना हुने र सत्य तथ्य बुझ्न नसकिने त्यसले पनि हिंसा घट्नुको साटो बढेको पाइन्छ , नेपालको कानुन महिला मैत्री रहेको बताए ।सम्बोधन विच्छेदले घटना बढेका छन् यो बढी विदेश गएका महिला र पुरुष ,वैदेशिक रोजगारमा गएका र फर्किएका आफै खालका समस्या लिएर सम्बन्ध विच्छेद गरि रहेका छन्  ।

महिला अधिकारकर्मी गोमा आचार्यले हिंसा भयो भन्ने मात्र कुरा गर्छौ हामी हिंसा के कति कारण भयो ,किन गरियो भन्ने कारण खोज्दै , हिंसा हुने कारण नै रोक्न सकिएमा हिंसा अन्त्य हुने त्यसका लागि पितृसत्तात्मक सोच परिवर्तन , महिलाहरूलाई आत्मनिर्भरता , व्यावसायिक शिक्षा भयमा महिला आफू आफ्नो खुट्टामा उभिन सकेमा केही घरेलु हिंसा , महिला हिंसा अन्त्य हुनेमा जोड दिए ।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगर पालिका वडा २का वडा अध्यक्ष धर्म राज ओझाले भने यस्ता महिला हिंसा सम्बन्धी रोकथाम तथा न्यूनीकरण का लागि छुट्टै कार्यविधि बनाएर  नगरपालिका  नीति   तथा कार्यक्रम मा पेस गरि स्थानीय सरकारले स्थानीय स्तर बाट गाउँ टोल बाट जनचेतना , सचेतना ,  हिंसा नहुने  वातावरण ल्याउन सकिने  , हिंसामा परेकालाई निःशुल्क कानुनी सह्ययता परामर्श ,न्यायिक समिति बाट मिलापत्र समेत गरिन सकिने बताए ।

कार्यक्रममा बोल्ने विभिन्न संघ संस्था अधिकांश वक्ताहरूले भने हिंसामा परेकालाई न्याय दिनका लागि आफूहरू सधैँ प्रतिबद्धता रहेको हिंसाका घटना समाजमा मिलापत्र बनाउँदा समस्या समाधान भई पीडित न्याय पाउने गरिने समेत बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु