April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बरिष्ठ लोक गायक कडायतका  परिवारजनलाई सहयोग हस्तान्तरण

मा प्रकाशित

कैलाली 
बरिष्ठ लोक तथा डेउडा गायक हरिश्चन्द्र कडायत निधन भएको १३ औं दिनको पुण्य तिथिमा आज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले आज गौरीगंगा नगरपालिकाको वडा न.६ बनबेहडा स्थित कडायतको घरमा शोक सभाको आयोजना गरेको छ । प्रतिष्ठान प्रदेश अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पदाधिकारी एवं पुर्ब प्रदेश संयोजक सुरत रावत( डोटेली कान्छा) ,प्रतिष्ठान केन्द्रीय सदस्य नवीन सिंह धामी , प्रदेश प्रथम उपाध्यक्ष दिर्घ फुलारा लगायतले स्वर्गीय कडायत प्रती श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । मन्तव्य ब्यक्त गर्दै प्रतिष्ठानका पुर्ब केन्द्रीय पदाधिकारी प्रदेश संयोजक सुरत रावत ( डोटेली कान्छा) ले लोक संगीतका धरोहर स्रष्टा हरुका अभिभावक गुमाउदा अत्यन्तै मर्माहत भएको बताउनु भयो । सो शोक सभामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कलाकार कल्याणकारी कोषबाट प्राप्त २५ हजार नगर रकम स्वर्गीय कडायतका परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।
उक्त शोक सभामा गौरीगंगा नगरपालिका वडा न.६ का वडा अध्यक्ष टेकबहादुर कुवँर , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश बरिष्ठ उपाध्यक्ष पुर्ण भाट, प्रदेश सदस्यहरु लोकेश खनाल ,कोमल ओली ,माधबी घर्तीमगर,कल्पना ढुङ्गाना, प्रतिष्ठान बैतडी जिल्ला अध्यक्ष प्रेमबिबश चन्द लगायतको उपस्थिति रहेको थियो । बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मेका ५४ वर्षको उमेरमा मष्तिस्कघातका कारण धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा कडायतको निधन भएको थियो । ३ दशकदेखि डेउडा गायन सक्रिय रहेका स्वर्गीय कडायतले `जिउ ज्यान लैग्यो जहाजले घरजग्गा सेतीले´ ‘कर्णालीका भेल’ `ल बिडी खानीकी´ ,`बझाङ्गी दाइ´, ‘सम्झेका त्यै बेला, लगायत दर्जनौं चर्चित गीतमा आवाज दिनु भएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु