April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बलियो उम्मेदवार कैलाली निर्वाचन क्षेत्र–३ सङ्घीय सासदमा बडुवाल

मा प्रकाशित

२३ साउन,सुखड । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तय गरेको छ । मिति तय सँगै दलहरूले आन्तरिक जोड घटाउ सुरु पनि गरिसकेका छन् । सँगै नेताहरू पार्टीभित्र टिकट पाउनको लागि लबिङ गर्न थालेका छन् । टिकट आफ्नो पक्षमा ल्याउन कति पय नेताहरू काठमाडौँ डेरा जमाएर बसेका छन् भने कोही जाने तयारीमा छन् ।

यसै बिच कैलाली निर्वाचन क्षेत्र नम्बर ३ कुन पार्टीको भागमा पर्ने हो भन्ने बारेमा अहिले नै भन्न सकिने अवस्था छैन । तर सत्ता गठबन्धनका दल नेपाली काग्रेश, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले ३ निर्वाचन क्षेत्र आफूले पाउनु भन्दै लबिङ गर्न थालेका छन् ।आगामी सङ्घीय निर्वाचनमा उम्मेदवार बन्न विभिन्न नेताहरूका नाम अगाडि आएका छन् । ती आएका नाम भन्ने नेपाली काँग्रेस कैलाली जिल्लाका उप सभापति भीम बडूवाल अन्य उम्मेदवार भन्दा बलियो उम्मेदवारको रूपमा रहेको पाइन्छ ।

उनी समकालीन राजनीतिकर्मीहरूमा सबैभन्दा बढी लोकप्रिय छन् । विकास बादी नेताका कारण स्थापित भएका बडूवाल लामो समयदेखि घोडाघोडी नगरपालिका– १ मा बसोबास गरिरहेका छन् भने स्थानीय समुदायमा उनी निकै लोकप्रिय रहेको स्थानीयहरू बताउँछन् ।

स्थानीय तहको चुनावीको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्थानीय चुनावमा उनकै कारण घोडाघोडी नगरपालिकाको १२ वडा मध्ये ९ वडा र उपमेयर जिताउन सफल भएका छन् । अझै खास गरेर गठबन्धनका मेयरका उम्मेदवार पनि उनकै रणनीतिका कारण चुनाव जितेको स्थानीय नेता कार्यकर्ताहरू बत्ताउँछन् । किन की उनी यस क्षेत्रमा सहकारीका माध्यम बाट जनताका माझ लोकप्रिय छन् ।

निकै लामो समय देखी समाजलाई बुझेर सामाजिक कार्यको निस्स्वार्थ रूपमा लागेका बडूवाल वि.स. २०६७ सालमा घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थाको अध्यक्ष भएर साबिक साडेपानि, दरख, रामशिखरझाला, मसुरीया र उदासीपुरका करिब १० हजार घरधुरीलाई विद्युतको पहुँचमा पु¥याई अँध्यारो मुक्त बस्ती बनाउन महत्त्वपूर्ण भूमिका उनले खेलेका छन् । समाज र राजनीतिक राम्रो सँग बुझ्नु भएका बडूवालले त्रिचन्द्र क्याम्पस काठमाडौँ बाट बिए,त्रिभुवन विश्वविद्यालय बाट राजनीति शास्त्रमा स्नातकोत्तर र नेपाल ल क्याम्पस बाट कानुनमा एल.एल.बि समेत गरेका छन् । उनलाई युवा, बुद्धिजीवी, व्यवसायीहरू लगायत विभिन्न नेताहरूको साथ रहेको पाइन्छ । उप सभापति बडूवाल काँग्रेसको सङ्गठन बलियो बनाउन अहोरात्र खटेका छन् । यस क्षेत्रमा एमाले,माओवादी पहिले जस्तो एक ढिक्का नभएका कारण चुनाव जित्न सजिलो हुने बुझिन्छ । उनले टिकट पाउँदा अन्य पार्टीलाई चुनाव जित्न सजिलो छैन ।

उप सभापति भीम बडूवालको पक्षमा राम्रो जनलहर बढेको पाइन्छ । उनलाई किनारा लगाउनु भनेको काँग्रेसकै लागि घातक हुने कति नेताहरूको भनाई छ । बाहिर बाट उम्मेदवार ल्याएर चुनाव लडाउनु भन्दा यस क्षेत्रका भीम बहादुर बडूवाललाई टिकट दिएर अगाडि सार्न स्थानीयहरूको माग रहेको छ । यस क्षेत्रका तमाम दीर्घकालीन र अल्पकालीन विकासका मुद्धाहरुमा काम गर्ने नेताका रूपमा उनलाई लिने गरिन्छ । अहिले कैलालीका निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत घोडाघोडी नगरपालिका गठबन्धनका उम्मेदवार, कैलारी गाउँपालिका नेपाली काँग्रेस र भजनी नगरपालिका नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।

वामपन्थी तालमेल हुँदा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली ३ माओवादीको भागमा परेको थियो । माओवादीका गौरीशङ्कर चौधरी काँग्रेसका राम जनम चौधरीलाई पराजित गर्दै विजयी भएका थिए । गौरीशङ्करले २४ हजार ८ सय ६२ मत प्राप्त गर्दा नेपाली काँग्रेसका राम जनमले २० हजार ३ सय ५५ मत पाएका थिए । नेकपा विभाजनसँगै चौधरी लेखराज भट्टसँगै एमाले कित्तामा उभिए ।

माओवादीको कारवाहीमा परेपछि सांसद पद गौरीशङ्करले गुमाएका थिए । यसले गर्दा अन्य पार्टीको कमजोर सङ्गठन भएका कारण निर्वाचनमा बाजी मार्न सहज हुने नेपाली काँग्रेस स्थानीय नेता कार्यकर्ताहरू बताउँछन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु