April 24, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नगरपालिकालाई समुन्नत बनाउन उपप्रमुखकाे भुमिका पनि महत्वपुर्ण हुन्छ:भुलिया कुमारी राना

मा प्रकाशित

किशाेर कुमार तामाङ्ग ।

कञ्चनपुर, साउन ३१ । पालिकालाई समुन्नत र गतिशिल बनाउन उप प्रमुखकाे भुमिका पनि महत्वपुर्ण भएकाे पुनर्वास नगरपालिकाकी उप प्रमुख भुलिया कुमारी रानाले बताउनु भएकाे छ । नेपाली काँग्रेसकाे द्वारा आयाेजित जनप्रतिनिधिहरुकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै भुलिया कुमारी रानाले साे कुरा बताउनुभएको हाे ।

सुशासन, पारदर्शिता जवाफदेहिता ,गतिशीलता , समुन्नतिका लागि हाम्रो दृढ प्रतिबद्धता भन्ने मुल नाराका साथ आयोजना गरिएकाे कार्यक्रममा पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले उपप्रमुखको क्षेत्राधिकार सम्बन्धि आफ्नो बिचार प्रस्तुत गर्नुभएको थियो। नगरपालिकामा प्रमुख र उपप्रमुखले आफ्नो कार्यक्षेत्रको गरिमा नबुझि दिदा कतिपय पालिका हरूमा पदभार ग्रहण गरेको एक दुई महिना नपुगदै मनमुटाव हुने अवस्था आएकाे बताउनु भयाे । उप प्रमुखले पालिकामा प्रमुख सँग समन्वय गर्नु पर्ने कुरामा जाेड दिनु भयाे ।
आफ्नो कार्यक्षेत्र भित्र रहेको राजस्व परामर्श समिति, अनुगमन समिति ,न्यायीक समिति जस्ता महत्त्वपूर्ण समितिको संयोजकको भुमिकामा रही स्थानीय सरकार संचालन ऐनले दिएको अधिकारको पहिचान र अध्ययन गरि कानुनमा टेकेर पालिकालाई सुशासन, पारदर्शिता , जवाफदेहिता , गतिशीलता, समुन्नतिको दिशामा अगाडि बढाउन सकिने कुरामा उहाँले जोड दिनुभएको थियो।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु