April 26, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गठबन्धनको उम्मेदवार बन्न माओवादी नेतृ बिनालाई काँग्रेसका दिवान तगारो

मा प्रकाशित

 

दीपेन्द्र बस्नेत
कञ्चनपुर
मंसिर ४ मा हुने निर्वाचनमा सत्ता साझेदार दलहरुका तर्फबाट उम्मेदवार बन्ने सुरसारमा रहेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकि बुहारी बिना मगर लाई कञ्चनपुर १ मा नेपाली काँग्रेसका नेता दिवानसिंह बिष्ट तगारो बन्ने देखिएका छन् ।

स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली काँग्रेसले कञ्चनपुर १ मा आफ्नो दरिलो दावी राख्दै आएको छ । गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कञ्चनपुर १ मा चार मध्य दुई पालिकामा जित हात पारेको छ ।एमाले र माओवादीले एक/एक पालिकामा जित हात पारेका छन् ।

सम्पन्न स्थानीय तहको निर्वाचनमा एक नम्बरमा रहेको नेपाली काँग्रेसले संघिय साँसदको पद आफुले पाउनु पर्ने सशक्त दावी गर्दै आएको छ ।

संविधानसभा सदस्य रहिसकेका नेपाली काँग्रेसका नेता दिवान सिंह बिष्ट र पुर्व मन्त्री समेत रहिसकेकी प्रचण्ड वधु बिनाको निर्वाचन क्षेत्र हो कञ्चनपुर १ ।
यो क्षेत्र माओवादीले आफ्नो पोल्टामा पार्न जबर्जस्त लबिङ गरे पनि नेतृ मगरको तगारो बनेका छन काँग्रेस नेता बिष्ट ।

बिष्ट २०७० को दोस्रो संविधानसभा सदस्य पनि हुन एमाले-माओवादी बिचको बाम गठबन्धनकि उम्मेदवार बिना ०७४ मा कञ्चनपुर १ बाट निर्वाचित भएकी थिइन् ।

काँग्रेसको सहयोग बिना २०७९ मंसिर ४ मा हुने निर्वाचनमा भने माओवादी नेतृ मगरलाई भने जित्न सहज देखिदैन । उनको तगारो बनेका छन काँग्रेस नेता बिष्ट । ०७४ को निर्वाचनबाट जित हात पारेकि नेतृ बिना मगर नेकपाको शक्तिशाली सरकारकी खानेपानी मन्त्री समेत बन्दा आफ्नो निर्वाचन क्षेत्रमा भने बिकासका केही काम गर्न नसकेको भन्दै जनता माँझ आलोचित छिन् ।

काँग्रेसको इतर समूह भित्र प्रभाव राख्ने नेता बिष्ट यतिबेला कञ्चनपुर १ मा संघिय साँसद नेपाली काँग्रेसले पाउनु पर्ने दावी गरिरहेका छन् । गठबन्धनबाटै उम्मेदवार बन्न नेता बिष्ट लागिरहेका छन् । उनी यतिबेला राजधानी काठमाडौंमै रहेर कञ्चनपुर १ मा काँग्रेस बलियो रहेको शिर्ष नेताहरुलाई आश्वस्त पार्ने प्रयासमा रहेका छन् ।

संकटका बेला जनताको घरदैलोमा पुग्ने गरेका काँग्रेस नेता आफुले टिकट पाए जित्ने आधारा भएको बताउछन् । कोरोना कालमा जनताको स्वास्थ्य अबस्थामा सहयोग पुगाउने अभियान सञ्चालन गर्दै आएका थिए । आफू पराजित भए पनि क्षेत्रको बिकास निर्माणमा खट्दै आएका नेता बिष्ट आफ्नो जित्ने आधार बलियो रहेको बताउछन् ।

देशभर महामारीका रुपमा कोरोनाले जनतालाई सताएको बेला आफुले गाउँ बस्तिमा खटेर सेवा गरिरहेको जनताले बुझेको नेता बिष्ट बताउछन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु