कञ्चनपुर
मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्य पदमा नेपाली काँग्रेस कञ्चनपुर १ का महाधिवेशन प्रतिनिधि अमरजन साउदले आफ्नो उम्मेदवारी दावी रहेको बताएका छन् ।
२०४७ देखि नेबिसंघको राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय रहेका साउद साविक परासन गाविस नेपाली काँग्रेस गाउँ इकाई समितिका सभापति समेत रहिसकेका हुन ।
युवा नेता साउदले आगामी मंसिरमा हुँदै गरेको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्य पदका लागि आफ्नो आकांक्षी उम्मेदवार भएको बताएका छन् ।