April 24, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ ख बाट प्रदेश सभा सदस्य पदमा उपाध्यायको दावी

मा प्रकाशित

 

कञ्चनपुर
नेपाली काँग्रेस कञ्चनपुर १ का क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले आगामी मंसिर ४ मा हुने प्रदेश सभा सदस्य पदमा आकांक्षी उम्मेदवार भएको बताएका छन् ।

विद्यार्थी राजनीति बाट पार्टी राजनीतिमा सक्रिय भएका उपाध्याय एक कार्यकाल नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य रहि सकेका छन् । दोस्रो पटक पार्टीको क्षेत्रीय सभापतिमा निर्वाचित उपाध्याय राजनीतिमा सक्रिय युवा हुन ।

नेपाल विद्यार्थी संघको जिल्ला हुँदै केन्द्रिय राजनीतिमा समेत रहि सकेका उपाध्याय पछिल्लो समय पर्टीको राजनीतिमा कृयाशिल रहेका छन् ।

जिम्मेवारीका साथ क्षेत्रको बिकास निर्माण र जनताको जनजीविकाका सवालमा काम गर्न आफुले प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु