April 24, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ तरुण र विद्यार्थी नेताद्वारा गठबन्धन नमान्ने चेतावनी

मा प्रकाशित

 

कञ्चनपुर
आसन्न प्रतिनिधि र प्रदेश निर्वाचनमा सत्तारुढ दल बिच भएको गठबन्धनको सहमति नमान्ने भन्दै कञ्चनपुर १ का तरुण र विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् ।

क्षेत्रमा काँग्रेसको अबस्था दरिलो भएकोले गठबन्धन आबश्यक नभएको भन्दै नेपाली काँग्रेसका भातृ संगठन नेपाल तरुण दल र नेविसंघका नेताहरुले गठबन्धन स्विकार्य नहुने बताएका हुन ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपाल तरुणदल कञ्चनपुर १ का अध्यक्ष तथा नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य रामबहादुर खड्का र नेविसंघ नेता यज्ञ खड्काले गठबन्धन स्विकार्य नहुने बताएका छन् ।

तरुण नेता राम खड्का लेख्छन् – हिजो हँसियाहथौडामा भोट हालेर आफ्ना उम्मेदवार हराउने अहिले हामी सच्चा काँग्रेसी हौ भन्दै हिड्ने डुप्लिकेट काँग्रेसीले गठबन्धनलाई सहजै स्विकार्दै छन् । हामी नेपाली काग्रेस हौ काँग्रेसनै रहने छौ । हाम्रो चुनाव चिन्ह रुख मात्रै हो ।

त्यसै गरि नेविसंघका नेता यज्ञ खड्काले जबर्जस्ती गठबन्धन लादियो भने क्षेत्र नम्बर १ मा बिद्रोह बिद्रोह बिद्रोह गरिन्छ गरिन्छ भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेर चेतावनी दिएका छन् ।

आसन्न निर्वाचनमा सत्ता पक्षिय दलहरु बिच गठबन्धनको सहमति भए पछि कंचनपुर १ मा गठबन्धन विरुद्ध बिरोध सुरु भएको छ । केन्द्रले गठबन्धन जबर्जस्ती लादे बिकल्प सहित चुनावमा होमिने नेपाली काँग्रेस कार्यकर्ता र भातृ संगठनका युवाहरु बताउछन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु