April 26, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जनजागरण सामुदायिक वनकाे २३ औ बार्षिक साधारण सभा सम्पन्न

मा प्रकाशित

 

पुनर्वास ।   कञ्चनपुरकाे पुनर्वास नगरपालिकामा रहेकाे जनजागरण सामुदायिक वन उपभोक्ता समुहले मँगलबार आफ्नाे २३ औ बार्षिक साधारणसभा सम्पन्न गरेको  छ ।
कार्यक्रममा सामुदायिक वनलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयाेग गर्न भुमिका निर्वाह गर्ने ब्यक्तित्वलाई सम्मान समेत गरिएकाे थियाे । याे सामुदायिक बन पुनर्वास नगरपालिकाकाे वार्ड नम्बर ७, ८ र ९ मा फैलिएर रहेकाे छ । याे सामुदायिक वन पुनर्वासकै नमुना सामुदायिक वनको रुपमा स्थापित भएकाे छ । बन्द सत्रबाट नयाँ कार्य समिति चयन गरिने सामुदायिक वन समितिले जनाएको छ । 
कार्यक्रममा प्रमुखका अतिथि नगरप्रमुख ताेय प्रसाद शर्मा रहनु भएकाे थियाे । वन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङ्गकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव अमरजँग साउँदले गर्नु भएकाे थियाे । कार्यक्रममा निवर्तमान नगरप्रमुख जीवन राज थापा, पचकडिया सव डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादव लगाएतकाे उपस्थिति रहेको थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु