कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको चान्देव ग्रामीण विधुत सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको १५ औँ वार्षिक साधारण सभाबाट करीमा राना अध्यक्षमा निर्वाचित भएका छन् । मङ्गलवार भएको निर्वाचनमा रानाले २९५ मत ल्याउँदै विजयी भएका हुन् ।
रानाका प्रतिस्पर्धी शिव प्रसाद चौधरीले २४६ ल्याएका थिए । निर्वाचनमा जम्मा ५४९ मत खसेको थियो जसमा ८ मत बदर भएको हो ।
- विज्ञापन -