April 27, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको बेलडाँडीमा खुल्ला फुटवल प्रतियोगिता सुरु

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान चार्ड विजया दशमीकोे अवसरमा कालिका मन्दिर समिति बेलडाँडी २ ले आजदेखि खुल्ला फुटवल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका आज बेलडाँडी गाँउपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले उद्धघाटन गरे ।

उद्धघाटन गर्दै अध्यक्ष रानाले बेलडाँडीमा खेलकुद क्षेत्रको प्रबद्र्वन गर्न पालिका सधै साथमा रहेको बताए । खेलकूदलाई अझ बलियो बनाउन र दक्ष खेलाडी उत्पादन गर्नमा गाउँपालिकाबाट गर्न सकिने सबै सहयोग गर्न आफू प्रतिबद्व रहेको उनको भनाई छ ।

आयोजनक कालिका मन्दिर समितिका अध्यक्ष श्याम बहादुर बडुवालले भने पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गरेकाले यसलाई सफलत भब्य र सभ्य बनाउनमा सबैको साथ सहयोगको खाचो रहेको बताए ।

१९ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५१ हजार १ सय रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र र उप–विजेता हुने टिमले २५ हजार १ सय रूपैयाँ, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु