April 24, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासका प्रभावशाली एमालेका चार नेताद्वारा पाटी परित्याग घोषणा 

मा प्रकाशित

कञ्चनपुर, ३० ।  कञ्चनपुर निर्वाचन क्षेत्र १ मा नेकपा एमाले भित्र असन्तुष्टि  चरम उत्कर्षमा पुगिरहेको छ ।
मङ्सिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर नेकपा एमाले भित्र असन्तुष्टि चुलिएको छ ।
पार्टी सङ्कटमा परेका बेला पाटी छाडेर जाने पदकै लागि आउने जानेलाई टिकट दिएर कम्युनिस्ट आन्दोलन भष्मासुरमा थन्क्याउन खोजेको भन्दै पुनर्वासका चार प्रभावशाली नेताहरूले पार्टी परित्यागको घोषणा  गर्दै राजीनामा दिएका छन् ।
सामूहिक राजीनामा पत्र लेख्दै एमाले पुनर्वासका प्रभावशाली नेता तथा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामचन्द्र नेपाल, प्रदेश कमिटी सदस्य पदम प्रसाद शर्मा, जिल्ला कमिटी पूर्व सल्लाहकार, श्यामलाल सुवेदी र  जिल्ला कमिटी सल्लाहकार पूर्व सदस्य शङ्कर बहादुर केसीले संयुक्त राजीनामा दिएका हुन । उनीहरू चारै जनाले जिल्लादेखि केन्द्रलाई बोधार्थ दिँदै राजीनामा दिएका छन् ।
No description available.
No description available.
कञ्चनपुर १ मा एमाले परित्यागको घोषणा गर्दै तीन जना बागी उम्मेदवार रहेका  छन् ।
प्रतिनिधि सभा सदस्य पदमा  खेम सुवेदी, प्रदेश तर्फ टेक साउद र भक्त बहादुर अधिकारीले बागी उम्मेदवारी दिएका छन् ।  बागी उम्मेदवारी दिएका एमाले पुनर्वासका नेता  स्थिर प्रसाद घिमिरेले भने फिर्ता लिएका छन् ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु