- विज्ञापन -
December 5, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

निर्वाचन क्षेत्र १ मा लोकतान्त्रिक बाम गठबन्धनद्वारा धमाधम वडा सम्पर्क कार्यालय उद्घाटन

मा प्रकाशित

 

कञ्चनपुर
कञ्चनपुर निर्वाचन क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र १का वडाहरुमा धमाधम संयुक्त वडा सम्पर्क कार्यालय उद्घाटन गरिरहेको छ ।

क्षेत्र १ बेलडाँडी, बेलौरी, लालझाडी र पुनर्वास नगरका वडाहरुमा धमाधम बाम लोकतान्त्रिक गठबन्धनले सम्पर्क कार्यालय उद्घाटन गरिरहेको छ ।
आगामी ४ मंसिरमा बाम लोकतान्त्रिक गठबन्धनमा उम्मेदवारलाई भारी बहुमतका लागि जिताउनका लागि सम्पर्क कार्यालय उद्घाटन गरिरहेको छ ।

- विज्ञापन -

क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, प्रदेश सभा सदस्यका उम्मेदवारद्वय दिवान सिह विष्ट र बन्धु रानालाई भारी बहुमतका साथ जिताउने गरी वडा वडामा सम्पर्क कार्यालय स्थापना गरेर वडा मार्फत गाँउबस्ती, घर घरमा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएका छन ।

निर्वाचन क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा निर्वाचन मुल परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालले उम्मेदवार, गठबन्धनका सम्बन्धीत वडा, पालिका, प्रदेश, संघीय निर्वाचन क्षेत्र सहितका शिर्ष नेताहरुको उपस्थितिमा वडा कार्यालय उद्घाटन गर्दै आ–आफ्नो वडाहरुमा निरन्तर खटिने प्रतिबद्धता जाहेर गरिएको छ ।

‘निर्वाचन क्षेत्रका अधिकाँस वडाहरुमा सम्पर्क कार्यालय खुलिसकेका छन, ‘लम्सालले भने, ‘अब थोरै बाँकी छन, त्यो पनि एक दुई दिनमै हुन्छ ।’ बेलडाँडी र पुनर्वास बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको संयुक्त बैठकले थप निर्वाचनमा खटिने निर्णय भएको समेत बताए । निर्वाचन क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनले घर घर टोल, बस्ती गाँउमा निरन्तर चुनावी अभियान जारी राखेका छन ।

संविधानको रक्षा, संविधानले आदिवासी जनजाति, थारु दलित, महिला, विपन्न एव अल्पसंख्यकको हक अधिकार रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धन जिताउन प्रतिबद्धता जाहेर गरेका छन ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु