April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लोकतान्त्रिक गठबन्धनद्वारा कञ्चनपुर १ मा कार्यालय खोल्दै घरदैलो सुरु

मा प्रकाशित

कञ्चनपुर
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनले चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापना र मतदाता घरदैलो कार्यक्रम तिब्र रुपमा अघि बढाइएको छ ।
आइतबार गठबन्धनले पुनर्वास नगरपालिका ४ घ गाउँ र पुनर्वास ५ मा प्रचारप्रसार समितिको संयुक्त सम्पर्क कार्यालय स्थापना गरेको लोकतान्त्रिक बाम गठबन्धनका चुनाव प्रचारप्रसार समितिका संयोजक लोकेन्द्र लम्सालले बताए ।
बेलौरी नगरपालिकाको १ र २ नम्बर वडामा लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिसभा सदस्य र प्रदेशसभा सदस्य पदका साझा उम्मेदवार बिना मगर र दिवानसिंह बिष्टले घरदैलो कार्यक्रम सुरु गरेको प्रचार प्रसार समितिका उप संयोजक गोपिप्रसाद उपाध्यायले बताए ।
यसै गरि प्रतिनिधिसभा सदस्यपदका उम्मेदवार बिना मगर र प्रदेशसभा सदस्य पदका उम्मेदवार बन्धुरानाले पुनर्वास नगरपालिका १० र ११ मा घरदैलो कार्यक्रम गरेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु