April 27, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार द्वारा बेलौरी र बेलडाँडीमा घरदैलो

मा प्रकाशित

 

कञ्चनपुर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिए संगै लोकतान्त्रिक बाम गठबन्धनले आफ्नो चुनावी प्रचारप्रसारको कार्य तिब्र रुपमा बढाएको छ ।
निर्वाचनमा मत परिणाम आफ्नो पक्षमा पार्न लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु ब्यबस्थित रुपमा अघि बढिरहेका छन ।

यसै क्रममा आज मंगलबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा गठबन्धनका साझा उम्मेदवार संविधानसभा सदस्य दिवानसिंह बिष्टको नेतृत्वमा रहेको टोलिले बेलौरी नगरपालिका र बेलडाँडीका विभिन्न वस्तीहरुमा घरदैलो गर्दै मत मागिरहेको छ ।

बेलौरी नगरपालिका ९ स्थित राधापुर बस्तीमा पुगेको लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई स्थानियले स्वागत गरेका थिए । मतदाताहरुले राखेका समस्या बारे प्रदेश सभा सदस्य पदका उम्मेदवार दिवानसिंह बिष्टले भने – बेलौरी र बेलडाँडी क्षेत्रको बिकासका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुको जित हुन आबश्यक रहेको बताए ।

संविधानको रक्षा संगै गाउँ बस्तीका जनताको समस्या र भौतिक पुर्वाधारको बिकासका योजनाका साथ चुनावमा होमिएका छौ । जिते लगत्तै गाउँ ठाउँको बिकासमा हामी खटने प्रदेश सभा सदस्य बिष्टले बताए । संविधान , लोकतान्त्रिक गणतन्त्रको रक्षा संगसंगै बिकास निर्माणमा हामी प्रतिवद्ध रहेको माओवादी केन्द्र बाट समानुपातिक उम्मेदवार दिपा चौधरीले बताइन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु