April 24, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कैलाली ३ का दुबै प्रदेशमा नागरिक उन्मुक्ति बिजयी

मा प्रकाशित

सुखड, कैलाली
कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन ।

अन्तिम मतपरिणाम अनुसार ३ (क) मा घनश्याम चौधरी बिजयी भएका छन भने (ख)मा खुशीराम चौधरी विजयी भएका छन ।
घनश्याम ३५१ मतान्तरले बिजयी भए भने खुशीराम ९२० मतान्तरले बिजयी भएका छन । घनश्यामले १३ हजार ९ सय २३ मत प्राप्त गरी विजयी हुदा उनका प्रतिद्धन्दि गठबन्धनका खेमराज चौधरीले ११ हजार ५ सय ७२ मत प्राप्त गरेका थिए । नेकपा एमालेका राज बहादुर बुढाले ४ हजार ६ सय ३१ मत प्राप्त गरे ।
त्यसैगरि (ख) मा खुशीरामले ७ हजार ५३९ प्राप्त गरि बिजयी हुदा उनका प्रतिद्धन्दि गठबन्धनका बमर साउदले ६ हजार ६ सय १९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका जय नारायण जोशिले ४ हजार २ सय ३६,रा प्र पा का प्रेम चौधरीले २ हजार ५ सय २८,स्वतन्त्र लक्ष्मण शाहिले ५ हजार १ सय ७७,स्वतन्त्र गोबिन्दराज जोशिले ९ सय ९ मत प्राप्त गरेका थिए ।

३ को (क) मा शुरुदेखि अन्तसम्म नागरिक उन्मुक्ति पार्टीका घनश्यामको अग्रता थियो भने (ख) मा समाजबादीका साउँद र खुशीरामको अग्रता अगाडी पछाडी हुदै अन्तिममा उन्मुक्ति पार्टीले बाजी मारेको छ ।
प्रदेश (क) मा जम्मा खसेको मत संख्या ३३हजार ९२६ रहेकोमा ३२ हजार ३०२ मत सदर भएको छ भने एकहजार ६१७ मत बदर भएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिएका छन ।

त्यसैगरी प्रदेश (ख)मा जम्मा खसेको मतसंख्या ३० हजार पाँच रहेकोमा २८ हजार १२९ सदरमत रहेको र एकहजार ८७६ बदर मत रहेको जनाइएको छ ।
यस अघि पनि कैलाली क्षेत्र न ३ प्रतिनिधि सभा सदस्य तर्फ पनि नागरिक उन्मुक्ति पार्टिकै गंगाराम चौधरी बिजयी भएका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु