September 12, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

दोस्रो राष्ट्रिय कार्य योजना सम्बन्धी स्थानीय सरकार सङ्ग संवाद कार्यक्रम सम्पन्न

मा प्रकाशित

सुखड : कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा महिला ,शान्ति र सुरक्षा दोस्रो राष्ट्रिय कार्य योजना सम्बन्धी स्थानीय सरकारसँग संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम एडभोकेसी फोरम नेपाल र नागरिक आवाज को संयुक्त आयोजना भएको कार्यक्रममा घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावत सभापतित्वमा भएको थियो ।

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घले महिला र बालबालिका माथि हुने हिंसा ,विभेद र जोखिम जस्ता विषयहरूलाई सम्बोधन गर्न तथा शान्ति निर्माणको प्रक्रियामा सहभागिताको प्रवर्द्धन गर्न संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषदबाट ३१ अक्टोबर सन २००० मा प्रस्ताव न १३२५ पारिद गरिएको थियो र यौनजन्य हिंसाका घट्नाहरु बाट प्रभावित महिला र बालबालिकाको सुरक्षा र पीडितहरुको विशेष आवश्यकतालाई सम्बोधन गर्न दोस्रो प्रस्तावको रूपमा संयुक्त राष्ट्र सघं ,सुरक्षा परिषद् बाट १९जुन सन २००८मा प्रस्ताव १८२० पारित गरिएको छ । यी दुई प्रस्तावलाई कार्यान्वयन गराउनका लागि अहिले महिला ,शान्ति र सुरक्षा दोस्रो राष्ट्रिय कार्य योजना सम्बन्धी स्थानीय तहहरूमा उपसमिति समेत गठन गरिँदै छ ।

घोडाघोडी नगरपालिका का उपप्रमुख गुलिया कुमारी चौधरीको संयोजकत्वमा ५ सदस्य उपसमिति गठन गरिएको छ जसमा महिला तथा बालबालिका शाखा इन्दिरा जोशी , मनोपरामर्सदाता बिष्णा कुमारी चौधरी , द्वन्द्व पीडित हिरामती चौधरी , देवा बिक रहेका छन् घोडाघोडी नगरपालिका नै उपसमिति गठनमा पहिलो नगरपालिका भयको छ भने कैलारी गाउँ पालिकाले पनि उपसमिति गठन गरेर नेपालको पहिलो गाउँ पालिका भएको छ ।जसमा उपाध्यक्ष भगवती चौधरीको संयोजकत्वमा महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरी , द्वन्द्व पीडित लक्ष्मी चौधरी , सबिना थारु र मनोपरामर्सदाता पछि थपिने भएको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले हामीले देशमा भएका धेरै घट्नाक्रमलाइ नजिक बाट निल्यालेका छौ कति घटनामा आफै पनि सहभागी भएका छौ २०४६ सालको जन आन्दोलन होस , दस बर्से शसस्त्र जनयुद्ध ,जातीय आन्दोलन , क्षेत्रीय आन्दोलन होस या त कोरोनाको महामारी हामीले भोगेका छौ अब सबै बाट पाठ सिकेर अगाडि बढ्नु पर्ने बताए । यी सबै उपलब्धिहरू बाट हामीले द्वन्द्वमा परेका द्वन्द्व पीडित ,बेपत्ता पारिएका परिवारहरु,हिंसामा परेका महिला तथा बालबालिकाहरूलाई आफूले सक्ने किसिमको सहयोग गर्न र दोस्रो राष्ट्रिय कार्य योजना कार्यान्वयन गर्न तयार रहेको बताए । कार्यक्रम एडभोकेसी फोरम नेपालका कार्यक्रम अधिकृत अनुपा अर्याल र प्रशिक्षक पुष्प कुमार शाही सहजीकरण गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु