April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ को प्रतिनिधिसभा र प्रदेश १ मा एमालेको अग्रता, प्रदेश २ मा काँग्रेसकाकाे अग्रता

मा प्रकाशित

बेलौरी ।
सोमबार बेलुका देखि सुरु भएको कञ्चनपुर १ को मतगणनाको पछिल्लो प्राप्त मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका तारालामा तामाङको अग्रता देखिएको छ ।

प्रदेश सभा १ मा समेत एमालेका बिरबहादुर थापाले अग्रता लिइ रहेका छन् । प्रदेश २ मा नेपाली काँग्रेसका दिवानसिंह बिष्टले अग्रता बढाइ रहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका तारालामा तामाङ ३७०३ मत ल्याएर अग्र स्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक बाम गठबन्धनकी उम्मेदवार बिना मगर १७४४ मतका साथ पछ्याइ रहेकी छिन् ।
त्यसैगरी प्रदेश सभा सदस्यमा प्रदेश २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार दिवानसिंह बिष्ट १८२० मतका साथ अग्र स्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका पल्लवराज भट्ट १५४५ मतका साथ पछयाइरहेका छन् । प्रदेश सभा १ मा एमालेका वीर बहादुर थापा २७३७ मतका साथ अग्र स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार बन्धु राना १६७९ मतका साथ पछयाइरहेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु